भिडियो

अलौकिक माता सबितालाई गोली हान्ने प्रयास

By थाहा अनलाइन

February 16, 2019

काठमाण्डु। धनकुटा जिल्लामा २७ वर्ष ७ महिना अघि आमाको कोखबाट जन्मिएर ७ बर्षमा नै अलौकिक शक्ति ज्ञान पाएकी हाल काठमाडौँमा बस्दै आएकी नेपाली माता सविता सरु शर्मा आचार्य लाई गोलि हान्ने प्रयास भएको छ ।उनलाई धम्किसंगै आफुलाई गोलि हान्ने प्रयास भएको भन्दै प्रहरी चौकीमा पुगेकी छिन ।

तनहु घर बताउने युवकले आफुलाई बन्दुक देखाउदै हत्याको प्रयास गरेको समेत जानकारी दिइन। यस अगाडी पनि आफुलाई हत्याँ गर्नै उद्धेश्यका साथ दुधमा बिष हालेर दिएको घटना पनि सार्बजनिक गरेकी थिइन।यद्यपी माताले उक्त युवकको नाम चाही खुलाउन चाहिनन ।उनले आफ्नो दुश्मनी कोही सगँ पनि नभएको दाबी गरेकी छीन।