उपत्यकामा वर्षा, भोलिदेखि मौसम सुध्रने सम्भावना



काठमाडौं आज देशका अधिकांश स्थानमा आंशिकदेखी सामान्य बदली हुने संभावना छ। पूर्व, मध्य र पश्चिमका केही स्थानमा हल्का पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। अहिले काठमाडौं उपत्यकामा पानी परिरहेको छ। देशका अन्य भूभागमा पनि पानी पर्ने सम्भावना छ।

भोलिदेखि भने मौसम सुध्रने सम्भावना रहेको छ। देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसमबीद् सुजन सुवेदीले जानकारी दिए।

आज राति देशका पूर्वी हिमाली भेगहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। काठमाडौ उपत्यकाको न्युनतम तापक्रम आज विहान ८ दशमलव ८ डिग्री सेल्सियस मापन भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्