शान्तीनगर गाउँपालिकामा पाइप लाइन बगाउँदा ५ लाख बढिको क्षती



सैघाली खबर,

नारायण भण्डारी,
दाङ,१ भदौ।
लगातारको बर्षापछि आएको बाढिले दाङको शान्तीनगर गाउँपालिकामा सिंचाई लागि पानी ल्याउने पाइप लाइन बगाउँदा ५ लाख बढिको क्षती भएको छ ।

गत शुक्रबार राती परेको पानी पछि आएको बाढिले त्यहाँको पाइपलाइनमा क्षती पु¥याएको हो । पेदीखोलामा आउने सिंचाई पाइप बाढिले बगाएपछि स्थानिय एक सय घरधुरीलाई खेतमा लगाएको धान सिंचाई गर्न समस्या भएको त्यहाँबाट दीपक विसीले जानकारी दिनुभएको छ ।

त्यस्तै शान्तीनगर गाउँपालिकाको राप्ती आधारभूत विद्यालय पेदीखोलाको भवनका दुई वटा कोठामा बाढिले क्षती पु¥याएको छ । बाढिका कारण कक्षा कोठामा क्षती पुगेपछि दुईवटा कक्षा एउटै कोठामा सञ्चालन गर्नुपरेको विद्यालयका प्रधानाध्यापक दिनेश कुमार वलीले जानकारी दिनुभयो । त्यस्तै बाढिले सोही ठाउँको लक्ष्मी आधारभूत विद्यालय हारीचारको पर्खाल भत्किएको छ ।

त्यस्तै शान्तिनगर गाउँपालिका १ चिसापानी पेदीखोला हुँदै हारिचार सम्मको सडकबाटो ठाउँठाउँमा पहिरो खस्दा अबरुद्ध भएको छ । सडक खोल्ने प्रयास भएपनि ठाउँ ठाउँमा खोलाले सडक बगाएको र पहिरो खस्ने क्रम नरोकिएको हुँदा सडक सञ्चामलनमा आउन सकेको छैन । सडक सञ्चालनमा नआउँदा सवारी साधन मात्रै नभएर पैदल यात्रुलाई समेत आउजाउ गर्न कठिनाइ भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्