आफ्नो सीप र जोशलाई जनताको सेवामा लागू गर्नुस्-आईजीपी श्रेष्ठको निर्देशन



सैघाली खबर,
काठमाडौं, १ भदौ । सशस्त्र प्रहरी बल युएन शान्ति स्थापना तालिम केन्द्र ककनीमा संचालित सि।सं।१८ गुल्मपति तथा स्टाफ तालिम ९सिसिएससी० सम्पन्न भएको छ ।

उक्त तालिमको सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले भाद्र १ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच समापन गर्नुका साथै तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले त्यसअवसरमा संगठनको उद्देश्य प्राप्तीको निम्ती नियमीत रुपमा तालिमहरु संचालन गर्दै आएको बताउनुहुँदै तालिमलाई महत्वपूर्ण अवसरको रुपमा लिनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त जिम्मेवारीका क्षेत्रहरुमा अहोरात्र परिचालितहुँदै स्थानीय निर्वाचनमा सशस्त्र प्रहरी बल नेपालले उल्लेखनीय कार्य गरेको चर्चा गर्नुहुँदै अविरल वर्षापछि आएको बाढि पहिरोमा परेकाहरुको सकुशल उद्वार तथा राहत वितरण कार्यमा उत्कृष्ट योगदान पु(याइरहेको बताउनुभयोे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्