प्रहरीलाई नागरिक प्रति जिम्मेवार गराउँछौ प्रहरी प्रमुख सिंह



सैघाली खबर
दाङ,१ भदौ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रमुख दुर्गा सिंहले प्रहरीलाई नागरिक प्रति जिम्मेवार बनाउने वताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दुर्गा सिंहले विहीबार पत्रकारहरु संग भेटघाट गर्दै यस्तो वताउनु भएको हो ।

त्यस अबसरमा जिल्ला प्रहरी कार्यालय दाङ ले एस.पि. धिरज प्रताप सिंहकै पालामा कायम गरेका संगठनिक प्राथमिकता लाई आफ्नो पालामा पनि कायम रहने र गुण्डार्र्दी पुर्ण नियन्त्रण कायम गर्ने, फरार अपराधिहरुको खोजतलास गर्ने आर्थिक पारदर्शिता कायम गर्ने निस्पक्ष कानुनीको शासनको प्रत्याभुति गराउने वताउनुभयो । जिल्लामा हुने अव्यवस्थित यातायात क्षेत्र, नदी जन्य तथा वन पैदावारहरुको गैह्र कानुनी दोहन, संगठित अपराध तथा गुण्डा गर्दी, जुवा तास नियन्त्रण, भ्रस्टाचार जस्ता कुराहरु निर्मुल नियन्त्रण गर्ने वताउनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्