सापटी रकम लिन बाेलाएर, महिलालाई प्रहरी गरे बलात्कार !



फागुन ४ काठमान्डौ । सापटी लिएको रकम फिर्ता लिन बोलाएर जर्बजस्ती करणी गरेको आरोपमा एक प्रहरी नायब निरीक्षक पक्राउ परेका छन् ।
छायानाथ-रारा नगरपालिका वडा नम्बर ५ घर भई हाल सदरमुकाम गमगढीमा बस्दै आएकी एक महिलालाई प्रहरी नायब निरिक्षक (सई) सुर्यबहादुर शाहीले सापटी लिएको रकम लिन बोलाएर शुक्रबार बेलुकी साढे ६ बजेतिर जबरजस्ती करणी गरेको भन्दै पक्राउ गरिएको हो ।

शुक्रबार साँझ शाहीले फोन गरी आफु प्रहरी चौंकि सोरुकोटमा सरुवा भईसकेको र बिहानै जाने तयारी भएकाले पैसा लिन आउन भनेपछि पैसा लिन गएको बेला चैन खोलामा जबरजस्ती गरेको पिडीत ३० वर्षीया कान्छी नेपाली (नाम परिवर्तन) ले बताईन् । शाहीले आफनो घुम्ती पसलबाट बेला बेलामा सामान लिने गरेको र असईबाट सईमा बढुवा भएको बेला केही महिना पहिले दुई हजार नगद समेत सापटी लिएको उनले बताईन् ।
जर्बजस्ती करणी भएको भन्ने मौखिक जानकारी आउनेबित्तिकै सई शाहीलाई पक्राउ गरिसकिएको र दुबैजनाको स्वास्थ्य परीक्षणसमेत भएकाे जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रहरी नायब उपरिक्षक लालबहादुर ऐरले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्