घुससहित नगरपालिकाका सबइन्जिनियर पक्राउ



काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिकाका सब इन्जिनियर हृदयराज बजगाई ६० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

बेलौरी नगरपालिका ४ र ६ जोड्ने स्लाब कलभर्ट निर्माणको अन्तिम रनिङ बिल फरफारकका लागि सेवाग्राहीसँग ६० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले नियन्त्रणमा लिएको हो ।उनलाई अख्तियारको हिरासतमा राखी अनुसन्धान सुरु गरिएको अख्तियारको कञ्चनपुर कार्यालयले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्