वाढीका कारण दाङमा छ जनाको मृत्यु , एक वेपत्ता , ८७ डुवान र ६४ घर परिवार विस्थापित



सैघाली खबर
दाङ १, भदौ

यही साउन २७ गते राती देखीको अविरल वर्षातका कारण दाङमा ६ जनाको मृत्यु भएको छ । भने १ जना वेपत्ता रहेका छन ,भने ७ घर डुवानमा परेका थिए भने ६४ घरपरिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

विहिवार जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको छ । मृत्यु हुनेहरुमा तुलसीपुर उप–महानगरपालिका १३ सिमलटारीकी ४ वर्षिय भगवती सुनार , लमही नगरपालिका वडा न. ९ अमिलियाका कर्ण वहादुर डाँगीको मृत्यु भएको थियो । भने उनकी श्रमिती रिता डाँगी घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यस्तै मृत्यु हुनेमा तुलसीपुर उप–महानगरपालिका ४ का ५८ वर्षिय नर वहादुर रावत , घोराही उप–महानगरपालिका १२ पेडागाँउकी ३३ वर्षिय निर्मला बाठा , तुलसीपुर उप–महानगरपालिका ११ का ४९ वर्षिय मेघ वहादुर केसी र तुलसीपुर ११ का ४६ वर्षिय भिमराज पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक दुर्गा सिंहले जानकारी दिईन ।

भने लमही नगरपालिका वडा न. २ ३९ वर्षिय सुरज चौधरीले भने वेपत्ता रहेको सिंहले जानकारी दिईन । मृतक परिवार लाई राहात विरतण कार्या तिव्रताका साथ वितरण भईरहेको उनले वताएकी छिन । भने प्रभावित क्षेत्रमा उद्धारका तथा पुनmस्थापना काम जारी रहेको समेत प्रहरी प्रमुख सिंहले वताईन । वाढीका कारण दाङमा ९७ घर डुवानमा परेका छन । भने ६४ घरपरिवार विस्थापित ्भएका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्