सुस्तावासीले भत्काए गण्डकको नहर



 

सैघाली खबर
परासी १ , भदौ

गण्डक नहरका कारण डुबानमा परेको भन्दै बाँध भत्काउन गएका सुस्ताबासीलाई स्थानीय प्रशासनले रोकेको छ । साथै नेपाल र भारतका अधिकारीहरुबीच डुवान पीडितलाई क्षतिपूर्ति दिने सहमति भएको छ ।हालै अविरल वर्षापछि आएको बाढीका कारण नवलपरासीको सुस्ता १ र २ डुवानमा परेको थियो । सुस्ताबासी गाउँमा जम्मा भएको पानीको निकास दिन भन्दै पलामे पुल नजिकै गण्डक नहरको बाँध भत्काउन पुगेका थिए ।

झण्डै २०० को संख्यामा रहेका सुस्ताबासीले ८र१० मिटर लामो र झण्डै एक मिटर गहिरो कुलो समेत खने । तर, स्थानीय प्रशासनले नहरमा पानी खसाउन दिएन ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले स्थानीयबासी बाँधमा पुगेको स्वीकार गरे । ‘खेतको पानी नहरमा हाल्नुपर्‍यो भनेर स्थानीय पुगेका हुन् तर, हामीले भारतीय पक्षसँग कुरा गर्छौ भनेर रोेकेका छौं’ रानाले वताए ।

गण्डक जलविद्युत आयोजनाका लागि पानी ल्याउन नहर बनाइएको छ । विद्युत उत्पादनपछि यो पानीलाई भारतले सिंचाईका लागि लैजाने गरिएको छ ।

तर, नहरका लागि बनेको बाँधले सुस्ता डुवानमा परेको सुस्ताबासीले बताउँदै आएका छन् । बिहीबार स्थानीयले नहरको बाँध नै भत्काउन खोजेपछि बसेको नेपाल र भारतका अधिकारीहरुको बैठकमा तीन दिनभित्र समस्या समाधान गर्न भारतीय पक्ष सहमत भएको प्रमुख जिल्ला अधिकारी रानामगरले बताए ।

भारतीय पक्षले डुबानका कारण भएको क्षतिको क्षतिपूर्ति उपलव्ध गराउने, नहर सफा गर्ने र नहरको पानीलाई अण्डरग्राउण्ड गरेर लैजाने सहमति जनाएको छ ।
साभार ः अनलाईन खवर

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्