भोलि ६९ प्रजातन्त्र दिवस,संचार मन्त्रालयको प्रचार प्रसार सम्बन्धि प्रेस बिज्ञप्ति जारि !



६ फागुन, काठमाडौं । भोलि फागुन ७ अर्थात् प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ । नेपालमा जारी जहानियाँ राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र आएको दिनको सम्झनामा हरेक वर्ष फागुन ०७ गते प्रजातन्त्र दिवस मनाउने गरिएको छ ।
स्वतन्त्र नेपालीको स्वाभिमानी सपनाहरु यीनै प्रजातान्त्रिक अभ्यासहरुभित्र कोरिंदै आएको छ, तत्कालिन जहानिया राणा शासनका विरुद्धमा उत्रेको जनलहरकासामू केही जोर नचले पछि राणा शासकहरुले घुडा टेकेको दिन, ६९ वर्ष अघि, विसं २००७ साल फाल्गुन ७ मा एउटा नाम जन्मिएको थियो “प्रजातन्त्र” ।
राज्य ब्यवस्थाले नागरीकहरुबिच कुनैपनि दृष्टिमा भेदभाव गर्न हुँदैन भन्ने प्रजातन्त्रको प्रथम आधार हो,। प्रजातन्त्रमा नागरीकहरु स्वंयमले चुनेर पठाएका ब्यत्तिहरुले शासनव्यवस्था संचालन गर्ने गर्दछन्, यसअर्थमा जनताद्वारा जनताकालागी गरिने हितकारी शासन अभ्यासलाई प्रजातन्त्र भनेर बुझ्न सकिन्छ ।
नेपाली प्रजातन्त्रको संस्थागत इतिहासमा यसवर्ष संघिय गणतान्त्रीक नेपालले चुनावका सफल क्रमहरु संगै जनप्रतिनिधिहरुको एउटा प्रजातान्त्रीक प्रतिनिधित्व पाएको छ । स्थानीय निकाय, प्रतिनिधि सभा, प्रदेश सभा अनि राष्ट्रिय सभासम्म जननिर्वाचीत प्रतिनिधिहरुले नेपाली संसद अनि सरकार शुसोभित छ । प्रजातन्त्रका लागि नेपालीहरु ले बिभिन्न समय अनि कालमा धेरै मुल्य चुकाएका छन् ।
तेस्तै भोलि टुँडिखेलमा नेपाली सेनाको विशेष प्रर्दशनका साथै राजनैतिक दलका नेताहरु,र जनसाधरणको उपस्थितीमा प्रजातन्त्र दिवस मनाइदै छ।
यता प्रदेश नम्बर १ मा भने तीन दिन प्रजातन्त्र दिवस मनाउने भएको छ । प्रदेश सरकारले सोमबार मंगलबार र बुधवार प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको हो ।
येस्तै सूचना तथा संचार मन्त्रालय ले ६९ औ प्रजातन्त्र दिवस मनाउन प्रचार प्रसार सम्बन्धि प्रेस बिज्ञप्ति जारि गरेको छ । देश भर संचालनमा रहेका सरकारी या निजि एफ एम,टेलिभिजन लाइ प्रजातन्त्र दिवसको बिषय लाइ प्राथमिक्ता दिदै समाचार,परीसंबाद अन्तरक्रिया कार्यक्रम संचालन गर्न लगाउने भंएको छ।
तेस्तै नेपाल टेलिभिजन र रेडियो नेपाललाई सम्पूर्ण कार्यक्रमको प्रतक्ष्य प्रशारण गर्न र सम्पूर्ण रेडियो टेलिभिजन लाई निशुल्क हुक गर्न दिने व्यवस्था मिलाएको छ ।
दुरसंचार माध्यमले ६९ प्रजातन्त्र दिवसको उपलक्ष्यमा ‘राष्ट्रिय प्रजातन्त्र दिवस २०७५ को सुभकामना ‘
भन्ने शुभकामना संदेश प्रबाह गर्ने व्यवस्था समेत मिलाएको छ।
तेस्तै आज बेलुका रेडियो नेपालले परिसम्बाद कार्यक्रम पनि संचालन गर्ने भएको छ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्