महायज्ञका बारेमा राजनितिक दलसंग छलफल



दाङ ।पाण्डेवश्वर मन्दिर धारापानीको पूर्वाधार विकास र पर्यटकीय केन्द«का रुपमा विकास गर्ने उदेश्यका साथ संचालन हुन लागेको श्रीमद्भागवत सप्ताह तथा धनध्याञ्चल ज्ञान–महायज्ञ सफल बनाउँन राजनितिक दलहरुसंग छलफल गरिएको छ ।

ण्डेबश्वर धाम महायज्ञ मुल समितिले घोराहीमा राजनितिक दलहरुसंग छलफल गरेको हो । जिल्लामा क्रियाशील राजनितिक दलहरुले महायज्ञ सफल बनाउँन भुमिका खेल्ने वताएका थिए । छलफल कार्यक्रममा बोल्ने वत्ताहरुले महायज्ञ सम्म पुग्नका लागि यातायात,स्वास्थ्य,सुरक्षा, खानेपानी, शौचालय र भक्त जनहरुलाई मन्दिर सम्म पुग्न वातावरण तयार गर्न आग्रह गरेका थिए ।

महायज्ञमा आउँने सर्वसाधारणको स्वास्थ्य र सुरक्षामा ध्यान दिन आग्रह गर्दै त्यसका लागि स्थानीय जनप्रतिनिधी, प्रहरी,प्रशासन संग समन्वय गर्न आयोजक समितिका आग्रह गरेका थिए ।

छलफल कार्यmममा बोल्दै पाँच नं. प्रदेश सभा सदस्य रेवतीरमण शर्माले धारपानीको विकास गर्न त्यसको प्रचार –प्रसारको आश्यकता भएको वताएका थिए । महायज्ञको महत्वका बारेमा आम सर्वसाधारणलाई बुझाउँन आबश्यता रहेको भन्दै त्यसका लागि संचार माध्यम संग छलफल गर्न सुझाव दिनुभयो ।

करिव पाँच लाख भक्तजन महायज्ञको उतार्ने जमर्काे रहेको वताउँदै त्यसका लागि सबै संग छलफल गरेर अगाडी बढ्न आग्रह गर्नुभयो । छलफल कार्यक्रममा नेकपा दाङका अध्यक्ष टिकाराम खड्का,नेपाली काग्रेसका सचिव शंकर प्रसाद डाँगी, राजमोका जिल्ला अध्यक्ष गणेश आर्चाय, खगराज पाण्डे,लक्ष्मण आचार्य,सुरामणी बेल्वासे,विवेक श्रेष्ठ,कर्णबहादुर वुढाथोकी,तुलसा केसी लगाएतले बोल्नु भएको थियो ।

मुल आयोजक समितिका संयोजक गणेश कुमार अधिकारीको अध्यक्षतामा भएको छलफल कार्यक्रमको संचालन सचिव बिष्णुराम आचार्यले गर्नु भएको थियो ।

घोराही –धारपानी नियमित बस संचालन हुने दाङ । घोराही –धारपानी सडक खण्डमा नियमित बस संचालन हुने भएको छ ।धारापानीमा हुन लागेको महायज्ञमा भक्तजनलाई सहज रुपमा यातायात व्यवस्थापन गर्ने उदेश्यका साथ बस चालन गर्ने थालेको यातायात तथा प्रचार–प्रसार समिति संयोजक धनपती शर्माले जानकारी दिनुभयो ।

वस संचालनका लागि राप्ती अंचल बस व्यवसायी समिति संग छलफल भएको उहाँले जानकारी दिनुभयो । माघ ११ देखि २२ गते सम्म हुने महायज्ञमा नियमित वस हुने वताउँनुभयो । मन्दिर सम्म पुग्नका लागि अटो रिक्सा समेत संचालन ल्याउँने वताउँनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्