स्वस्थानी व्रतकथा आज बिधिबत रुपमा समापन हुदै



काठमान्डौ । पौष शुक्ल पूर्णिमाका दिन देखि सुरु भएको स्वस्थानी व्रतकथा आज बिधिबत रुपमा समापन हुदैछ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमाका दिनदेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत बस्ने गरिन्छ । कथाअनुसार सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलिङ्ग बनार्इ एक महिनासम्म श्री स्वस्थानीको व्रत लिएपछि आफ्नो मनोकांक्ष्या पूरा भएको हुँदा श्री स्वस्थानी व्रतकथा मनाउन शुरु गरिएको उल्लेख छ ।
स्वस्थानी शव्द “स्व” र “स्थान” गरी दुर्इ शव्दमा “ई” प्रत्यय लागेर बनेकोछ जसको अर्थ हुन्छ स्वस्थान वा आफ्नै स्थानमा रहने देवी भन्ने बुझिन्छ । स्वस्थानीको व्रत बस्नाले यस लोकमा सुख, सम्वृधि प्राप्त हुने र मृत्युपछि पनि कैलाशमा वास हुने विश्वास गरिन्छ । यस पर्वमा महिलाहरु बिहानै उठेर स्नान गरी नित्य मध्यान्न महादेवको पूजा गर्ने गर्दछन् भने कतिपय महिलाहरुले एकमहिनासम्म व्रत बस्ने गर्दछन् ।
उपत्यकाका शालीनदी, गुह्वेश्वरी, गोकर्ण, श्लेषमान्तक वन, किरांतेश्वर, गौरीघाट, वाग्मती नदी, लगायतका विभिन्न पवित्र स्थानमा गएर स्नान गरी श्री स्वस्थानी माताको पूजा अर्चना गरि स्वस्थानी व्रतकथा समापन गर्ने चलन रहेको छ ।
सुद्ध चित्त भएर,पूर्व पट्टि फर्किएर सुद्द असनमा बसी दियो,गणेश,कलश,तथा बालुवाको शिबलिंग बनाइ पुजापाठ गरि बिबिध मन्त्र पाठ गरि पूजा गरि ब्रत समापन गरिन्छ। श्री्वस्थानीको पूजा गरी चढाइने एक सय आठ रोटी, पान, सुपारीलगायत सामग्रीमध्ये आठ–आठ रोटी, सुपारी र पानलगायत सामग्री आफ्ना श्रीमान्लाई, श्रीमान् नभए छोरालाई, छोरा पनि नभए मीत छोरालाई दिने र मीत छोरा पनि नभए आफ्नो इच्छा पूरा होस् भनी खोलामा लगेर बगाइदिने र बाँकी व्रतालु स्वयम्ले खाने प्रचलन छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्