अपराध

आधा शरीर जलेको अवस्थामा फेला परेकी बालिकाको सामूहिक बलात्कार भएको पुष्टि

By थाहा अनलाइन

February 18, 2019

६ फागुन, काठमाडौं । जनकपुरको मिथिला नगरपालिकामा बिहीबार आधा शरीर जलेको अवस्थामा फेला परेकी बालिकाको सामूहिक बलात्कार भएको पुष्टि भएको छ ।

प्रदेश २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, धनुषाले गरेको अनुसन्धानका क्रममा ११ वर्षीया बालिका दुतिया रैसेलीको सामूहिक बलात्कारपछि हत्या भएको खुलेको हो ।बलात्कार पछि बालिकाको पहिचान लुकाउन शवलाई जलाइएको खुलासा भएको छ । हत्याको आरोप एक जनालाई नियन्त्रणमा लियिएको छ ।