दुर्घटनामा घाइते सिडिओ भट्टराईको निधन



सडक दुर्घटनामा घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको उपचारका क्रममा निधन भएको छ। उनको उपचारका क्रममा सोमबार दिउँसो निधन भएको त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो।
कलैयाबाट निजगढ जाने क्रममा ना १ झ १६३३ नम्बरको स्कारर्पियो गाडी दुर्घटना हुँदा बाराका प्रजिअ भट्टराई गम्भीर घाइते भएका थिए।

तत्काल उपचारका लागि वीरगञ्ज हेल्थकेयर अस्पतालमा भर्ना गरिएकामा उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्