दाङको एउटा बिद्यालय ः जहाँ महिला शिक्षक मात्रै कार्यरत छन्



दिपक बोहरा

दाङ, भाद्र २


दाङको एक बिद्यालयलाई महिला शिक्षकले मात्रै सञ्चालनमा ल्याएका छन् । बिद्यार्थी अभाबमा बन्द भएको बिद्यालयलाई महिला शिक्षकहरुले नै उक्त बिद्यालयलाई पुनः सञ्चालनमा ल्याएका छन् । महिलाहरु नेतृत्व तहमा पुगेर काम गर्न सक्दैनन्, भन्ने भ्रमलाई चिर्दै घोराही उपमहानगरपालिका ३ बेलुवामा रहेको रात्री प्राथामिक बिद्यालयलाई महिला शिक्षकले मात्रै सञ्चालनमा ल्याएका हुन् ।

महिलाहरुले पनि अवसर पाएमा नेतृत्व तहमा रहेर पनि आफ्नो जिम्मेवारी सहजै पुरा गर्न सक्छन भन्ने गतिलो उदाहरण बनेका छन् । बिद्यार्थीको अभाब भएको भन्दै डेढ बर्ष अघि बन्द भएको उक्त बिद्यालयलाई ४ जना महिला शिक्षकले सञ्चालनमा ल्याएका छन्, भने बिद्यालय व्यबस्थापन समितिमा पनि सबै महिला मात्रै छन् । जिल्ला शिक्षा कार्यालय दाङले ४ जना शिक्षकको दरबन्दीमा प्रधानाध्यापक महिला शिक्षक छमा सुवेदी, सुसिला पोख्रेल, रिखा गाह, प्रबिणा चौधरीले अध्यापन गराईरहेका छन् ।

ती मध्य एउटा बालबिकासको दरबन्दी हो । बिद्यार्थीको संख्या नपुगे पछि बन्द भएको उक्त बिद्यालय सञ्चालनमा ल्याउन त्यहाँका अभिभावबको साथमा जिल्ला शिक्षा कार्यालय दाङ र त्यहाँका शिक्षिका तथा बिद्यालय व्यबस्थापन समितिका पदाधिकारीहरुले पहल थालेका थिए । बालबिकास, एलकेजी, कक्षा १ र २ सम्म सञ्चालनमा रहेको उक्त बिद्यालयमा अध्ययनरत ४४ जना बिद्यार्थीहरुलाई अध्ययनरत छन् । २०७२ चैत्र तिर उक्त बिद्यालय बिद्यार्थी अभाबमा बन्द हुने अबस्थामा थियो । त्यस क्षेत्रको एक मात्र सरकारी बिद्यालय बन्द भएपछि त्यहाँका बालबालिका शिक्षाबाट बञ्चित हुने भन्दै उक्त बिद्यालयलयलाई सञ्चालनमा ल्याउन पहल थालको बिद्यालयकी प्रअ छमा सुबेदीले बताईन् । उनले भनिन्, ‘त्यस क्षेत्रको एक मात्र सरकारी बिद्यालयलाई बन्द गर्ने हो भने बालबालिकाको भबिष्य अन्यौलमा पर्ने भएपछि बिद्यालय सञ्चालनमा ल्याएका हौं ।’

बिद्यालय सञ्चालनमा ल्याउनका लागि सबै शिक्षक, बिद्यालय व्यबस्थापन समितिका पदाधिकारीहरुले शैक्षिकशत्र २०७३ सालमा बिद्यालय भर्ना अभियान सञ्चालन गरेका थिए । त्यतिबेला उक्त बिद्यालयमा भर्ना हुने बिद्यार्थीको संख्या धेरै भएपछि पुनः बिद्यालय सञ्चालनमा ल्याईएको प्रअ सुबेदीले बताईन् ।

बिद्यालयका प्रधानाध्यापक छमा सुवेदीले महिलाहरुले पनि अवसर पाए कर्तव्य पुरा गर्नसक्ने बताईन् । महिलाहरुले नेतृत्वमा पुगेर काम गर्न सक्दैनन्, भन्ने भ्रमलाई चिर्ण सफल भएको समेत उनले बताईन् । महिलाहरु पनि हरेक काममा दक्ष हुने भन्दै अब चुलो र चौकोमै सिमित हुने दिन अन्त्य गर्न महिलाहरु पनि नेतृत्व तहमा पुग्नु पर्ने वताईन् ।

महिलाले पनि समाजमा उदाहरणीय काम गर्न सक्छन, भन्ने उदाहरण प्रस्तुत गर्न महिलाहरु नै बिद्यालय सञ्चालन गर्न आँट गरेको बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष पुष्पा चौधरीले बताईन् । थारु समुदायको बाहुल्यता रहेको त्यस क्षेत्रका बालबालिका निजी बिद्यालयमा पढ्न सक्ने अबस्था नभएको भन्दै उक्त बिद्यालयलाई पुनः सञ्चालनमा ल्याउन पहल थालिएको हो । ‘यहाँका सबै बालबालिका गरीब परिवारका छन्’ उनले भनिन् ‘उनीहरुको भबिष्यका लागि पनि बिद्यालय सञ्चालनमा ल्याएका हौं ।’ एक पटक बन्द हुने अबस्थामा रहेको उक्त बिद्यालयलाई नमुना बिद्यालय बनाएरै छोड्ने समेत प्रतिबद्धता जनाएकी छिन् ।

अहिले प्रत्येक अभिभावक, व्यबस्थापन समिति, शिक्षिकाहरुले बिद्यालय सञ्चालनका लागि मासिक १० रुपैयाँ जम्मा गर्दै आएको अध्यक्ष चौधरीले बताईन् । साथै जिल्ला शिक्षा अधिकारी रमेश मैनालीले आफ्नो तलबबाट कटाएर एक हजार रुपैयाँ बिद्यालयलाई दिने गरेको बताए । अहिले कक्षा १ मा अध्ययनरत बिद्यार्थीहरुले अन्य बिद्यालयमा कक्षा ३ मा अध्ययनरत बिद्यार्थीहरुसंग प्रतिस्पर्धा गर्नसक्ने क्षमता भएको जिल्ला शिक्षा अधिकारी रमेश मैनालीले बताए । उनले भने ‘शिक्षा कार्यालयले गरेको सर्बेक्षणले रात्री प्राबिमा कक्षा १ मा पढ्ने बिद्यार्थीअ अन्य बिद्यालयमा कक्षा ३ पढ्ने बिद्यार्थी भन्दा सिकाई उपलब्धी बढि भएको देखियो ।’

अहिले भखरै बिद्यालयमा मल्टि मिडिया प्रणालीबाट पठक पाठनका लागि जिल्ला शिक्षा कार्यालयबाट १ लाख ४० हजार अनुदान आएको भन्दै मल्टि मिडिया प्रणालीबाट पठनपाठन गराउदा झनै सहज हुने प्रअ सुबेदीले बताईन् । विद्यालय नमुना बन्न थाले पछि केहि संस्थाहरुले पनि सहयोग दिन थालेका छन । एमनेष्टी ईन्टरनेशनल नेपाल तुलसीपुर, गणेशबहादुर पाण्डे, मन्थरा पण्डे पुरस्कार कोष, तथा समाजसेवी दुर्गाबहादुर केसीले बिद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक शैक्षिक सामग्री सहयोग गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्