दाङको घोराहिमा तीज विशेष सास्कृतिक कार्यक्रमको तयारी पुरा



 

नरेश खड्का
दाङ,भदौ २


यहि भदौ ३ गते “दाङको घोराहिमा तीज विशेष सास्कृतिक कार्यक्रम २०७४” हुनेभयको छ । हरितालिका तीजको अवसर पारेर राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कार्य समिति दाङको आयोजनामा हुन लागेको कार्यक्रममा दाङ जिल्लाका सम्पुर्ण कलाकार तथा लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष चन्द्र शर्मा गायिका भुमिका गिरि , गायक यादव योगि , कमल गाउँले , रोहोन ओलि ,सन्दीप न्यौपाने , लगायत दर्जन बढी कलाकार आउने समेत आयोजक प्रेम शर्माले जानकारी दिनुभयो ।

हिन्दु नारिहरुको महान पर्व हरितालिका तिजको शुभकामना आदन पर्दान तथा सस्कृतिको संरक्षकको लागि यो कार्यक्रम गर्न लागेको शर्माले बताउनु भयो । नब्य प्रतिशत काम सकिसकेको र बाँकी काम समेत तीब्र रूपमा अघि बढि रहेको जानकारी दिनुभयो । प्रवेश निशुल्क भएकोले सम्पुर्णमा भदौ ३ गते घोराहिको बलमन्दिरमा उपस्थित हुन सम्पुर्णमा अनुरोध समेत गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्