अपराध

होस्टलको कोठाभित्र १२ वर्षीय बालकको रहस्यमय मृत्यु

By थाहा अनलाइन

February 19, 2019

फागुन,७ काठमाडौं । बुढानिलकण्ठ नगरपालिका भंगालको दलित महिला उत्थान बाल शिक्षालयको होस्टलमा एक जना बालकको रहस्यमय मृत्यु भएको छ ।

मुगुको सोरु गाउँपालिका–२ घर भएका १२ वर्षीय समुन्द्र मल्लको मृत्यु भएको हो ।कक्षा २ मा अध्ययरत मल्ल सोमबार अपरान्ह होस्टलको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेका हुन् ।कोठामा रहेको दुई तले खाटको माथिल्लो पट्टी रहेको फलाममा सलले झुण्डिएको अवस्थामा फेला परेका मल्ल लाइ सलबाट निकालेर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याएको थियो।कक्षा २ मा पढ्ने विद्यार्थीले आत्महत्या गरेको शिक्षालयले दाबी गरे पनि स्थानीयले घटना रहस्यमय भएको बताएका छन् । यस बिसयमा अनुसन्धान भैरहेको छ ।