राहत सामाग्री समयमै नपाएको बाढी प्रभावितको गुनासो



सैघाली खबर
काठमाडौं,भाद्र २


बाढीबाट प्रभावित भएकाहरुले राहतको सामग्री समयमै नपाएको गुनासो गरेका छन् । सरकारले वितरण गरिरहेको राहत राजमार्ग आसपास मामात्रै सीमित भएको प्रभावितहरुको गुनासो छ । भित्री बस्तीहरुमा रातहवितरणका लागि सरकारी मान्छेहरु नपुगेको बाढी पीडितहरुको गुनासो रहेको बाढी प्रभावित जिल्लाहरुले जानकारी दिएको छ । बाढी प्रभावितहरुमा विभिन्न खालका स्वास्थ्य समस्या पनि देखिनथालेको छ । बाढी कारण प्रदुषितपानीपिउँदा स्वास्थ्य समस्या देखिएको उनिहरुले बताएका छन् । सरकारले बाढी प्रभावित क्षेत्रमा तत्काल उपचारका लागि ¥यापिड रेस्पोन्स टिम पठाएको बताए पनि तराईका सबै बस्तीमा त्यो प्रभावकारी देखिएको छैन । कतिपय बस्तीमा सामान्य रुघा खोकी र झाडापखालाको औषधि समेत नरहेको बताईएको छ । सरकारले भने त्यस्तो कुनै आपतकालिन समस्या परे गृह मन्त्रालयको टेलिफोन नम्बर १११२ माफोन गर्न सकिने जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्