बबई गाउपालिकामा नियमित अनुगमन



बालकृष्ण पाण्डे हापुरे 

बबई गाउपालिकाले आज बबई गाउपालिकाको वडान ४,५र ६ मा आज योजनाहरुको नियमित अनुगमन गरेको छ । बबई गाउपालिकाका उपाध्यक्ष एब अनुगमन समितिका संयोजक साबित्रा बिश्वकर्माको नेतृत्वमा बबई गाउपालिका वडान ४,५र ६ मा सम्पन्न भएका विभिन्न योजनाको आज अनुगमन गरिएको हो ।

बबई गाउपालिका वडान ४ मा रहेको रातोकुलो धागेछहरा सडक योजना ५ मा रहेका डाडा गाउँ घट्टेतहरा नहर निर्माण र रिमखोली घुमाउरे नहर निर्माण योजना वडान ६मा रहेको खिलतपुर नहर निर्माण योजनाको अनुगमन गरिएको बबई गाउपालिकाका प्रेस सम्योजक बालकृष्ण पाण्डेले जानकारी दिनु भएको छ ।

बबई गाउपालिकाले योजनाको अनुगमन लाई कडा बनाउदै लगेको बबई गाउपालिकाका उपाध्यक्ष एब अनुगम समितिका सम्योजक साबित्रा बिश्वकर्माले जानकारी दिनुभएको छ । अनुगमनमा उपाध्यक्ष एवम अनुगमन समितीका सम्योजक साबित्रा बिश्वकर्मा वडान ५ का अध्यक्ष डम्बरबहादुर श्रीस , बबई गाउपालिकाका योजना शाखा प्रमुख तिलक केसि , प्राबिधिक होमराज ओलि रहनु भएको थियो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्