भदौ २० गते भित्रै स्थानीयतहमाकर्मचारी खटाउने सरकारको तयारी



 

सैघाली खबर
काठमाडौं,भाद्र २

सरकारले भदौ २० गते भित्रै स्थानीयतहमाकर्मचारी पठाउने तयारी थालेको छ । न्युनतमकर्मचारी भदौ तेस्रो सातासम्म पठाउने गरि तयारीमा जुटिरहेको सामान्यप्रशासनमन्त्री टेकबहादुर बस्नेतले बताउनुभयो । शिक्षक, स्वास्थ्यकर्मी, सेवाकेन्द्रमा रहने कर्मचारी, नगर प्रहरी र करारकाकर्मचारीबाहेक गाँउपालिकामा २५ जना, नगरपालिकामा ४५, उपमहानगरपालिकामा७५ र महानगरमा १ सय ७५ कर्मचारी खटिएको हुनुपर्छ ।यसरी पूर्णरुपमाव्यवस्थापनगर्दा ७५ हजार कर्मचारी स्थानीयतहमाआवश्यक पर्छन । तर अहिले सामान्यप्रशासनमन्त्रालयले कर्मचारी समायोजन तथाव्यवस्थापनको समस्याले स्थानीयतहमाकर्मचारी खटाउन सकेको छैन । बढुवा रोकिने र कनिष्ठको निर्देशनमा बरिष्ठ चल्नु पर्ने अवस्था रहेको भन्दै स्थानीयतहमाकर्मचारी जानमानिरहेका छैनन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्