राहत वितरणमा आचारसंहितालाई ध्यान दिन निर्देशन



सैघाली खबर,

काठमाडौं, २ भदौ –। निर्वाचन आयोगले बाढी र पहिराबाट पीडित प्रदेश नं २ का नागरिकका लागि राहत वितरणमा निर्वाचन आचारसंहिता पालनाको व्यवस्था मिलाउन सम्बन्धित जिल्लाका प्रजिअलाई निर्देशन दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवको अध्यक्षतामा बिहीबार बसेको बैठकले प्राकृतिक प्रकोपपीडितका लागि नेपाल सरकारको एकद्वार प्रणालीबाट राह वितरण भइरहेकामा उद्धार एवं राहत वितरणका नाममा आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनको स्वच्छता तथा निष्पक्षतामा प्रतिकूल प्रभाव नपरोस् भन्नेमा आयोग सचेत रहेको जनाउँदै निर्देशन दिएको हो ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जारी गरेको विज्ञप्तिमा बिहीबारदेखि लागू भएको निर्वाचन आचारसंहिताको उल्लंघन हुन नदिन राहत वितरण गर्ने राजनीतिक दल र संघसंस्थाको राहत सामग्री जिल्लागत रुपमा गठित जिल्ला दैवीप्रकोप व्यवस्थापन समितिलाई उपलब्ध गराउन र समितिमा प्राप्त राहत सामग्रीलाई उच्च प्राथमिकता दिई वितरण गर्ने व्यवस्था मिलाउन प्रजिअलाई निर्देशन दिइएको जनाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्