यी हुन् यौन शक्ति बढाउने घरेलु उपाय



शारिरिक चाहाना पूरा गर्नका लागि प्राय यौन ससम्पर्र्क गरिन्छ । यो एउटा प्राकृतिक प्रक्रिया हो । मानिसहरु यौन सम्पर्कका विषयमा बोल्न र लेख्न हिच्किचाउँछन् । आयुर्वेदले यौनसम्बन्धी समस्या हटाउने र यौन शक्ति बढाउने उपायबारे बयान गरेको छ । तीमध्ये केहि उपाय

अमला

दुई चम्चा अमलाको रसमा एक चम्चा सुकेको अमलाको चूर्ण र एक चम्चा शुद्ध मह मिलाएर दिनमा दुई चोटि सेवन गर्नुपर्छ । यौन शक्ति बढाउँछ ।

अश्वगन्धा

दूधमा अश्वगन्धाको चूर्ण आधा चम्चा हालेर बिहान र बेलुकी खाने गर्नुपर्छ । यसले यौन शक्ति बढाउनुका साथै शीघ्रपतनको समस्याबाट पनि छुटकारा दिलाउँछ ।

प्याज

आधा चम्चा प्याजको रस, आधा चम्चा मह र आधा चम्चा मिस्री मिलाएर बिहान र बेलुका खाने गर्लाले यौन क्षमता वृद्धि हुन्छ ।

तुलसी

तुलसीको बीउको चूर्ण दूधमा हालेर बिहान बेलुका नियमित खाने गर्नाले यौन दुर्बलता हट्छ । तुलसीलाई प्राचिनकालदेखि यौनवद्र्धक वनस्पति मानिएको छ ।

पीपल

पीपलको फल र पीपलको जरालाई कुटेर मिश्रण बनाउनुहोस् । यो दुई चम्चा म्रिश्रणलाई सय मिली दूधमा हालेर उमाल्नुहोस् । यसलाई छानेर आधा गिलास बिहान र बेलुका खाने गर्नाले यौन शत्तिमा वृद्धि हुन्छ ।
यस्तै स्याउले महिलाको सेक्स पावर बढाउने एक तथ्यले जनाएको छ
अध्ययनका अनुसार दैनिक स्याउ खाँदा स्वस्थ महिलाको यौन क्षमता बढ्छ । स्याउमा पोलिफेनाल्स र एन्टीआक्सिडेन्ट हुने गर्दछ । जसले यौनअंगमा रक्तप्रवाह बढाउन सहयोग गर्दछ । यसबाट महिलामा कामोत्तेजना थप बढाउने गर्दछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्