आर्थिक

सुन तोलामा ६ सय रुपैयाँ बढ्यो

By थाहा अनलाइन

February 20, 2019

फागुन ८ काठमाडौं आज सुनको मूल्य प्रतितोला ६३ हजार ३ सय रुपैयाँ पुगेको छ । सुन एकैदिन तोलामा ६ सय रुपैयाँले बढेको हो । मंगलबार सुन प्रतितोला ६२ हजार ७ सयमा कारोबार भएको थियो ।

तेजावी सुन भने प्रतितोला ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला ७८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।