मुख्य समाचार

प्रधानमन्त्रीले शर्माको गीत प्रकरणमा पहिलो पटक मुख खोले

By थाहा अनलाइन

February 20, 2019

बुधवार सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपति शर्माको गीत प्रकरणमा पहिलो पटक मुख खोलेका छन।

प्रधानमन्त्री ओलीले भने, ‘एउटाले भुलचुकले एउटा गीत बनायो अरे, लुट लुट केही काम लाग्दैन, लुटेर खा भाइ लुटेर खा । भनेर कसैले गीत गाए। तर जनताले मन पराएनन् अनि आफै हटाए।’जनताले मन पराएनन् तिम्रो गीत भनेपछि युट्युबटबाट हटाए रे ।’

प्रमुख विपक्षी कांग्रेसका सांसद अमरेशकुमार सिंहले संसदमै शर्मालाई २५ हजार पुरस्कार दिने घोषणा गरे ।तर, प्रधानमन्त्री ओलीले सिंहप्रति कटाक्ष गरेका छन् । सिंहको नाम नलिइ उनले एक सांसदले नेपालीलाई सुहाउने गीत किन हटाएको भन्दै २५ हजार पुरस्कार घोषणा गरेको सुनाए । ‘भावनामा बगेर एउटा गीत लेखे, युट्युबमा पनि हाले तर, सबैले राम्रो गरेनौं भाइ भनेपछि हटायो त सिध्यियो नि कुरा’, प्रधानमन्त्री ओलीले भनेका छन् ।शर्माको ‘लुट कान्छा लुट’ बोलेको गीत हालै सार्वजनिक भएको थियो ।