महायज्ञका लागि मोटरसाइकल ¥याली



दाङ । पाण्डवेश्वरी धारपानी धामको बृहत्त विकास लागि यही फागुन ११ देखि १८ गतेसम्म सञ्चालन हुन लागेको श्रीमदभागवत ज्ञान महायज्ञ सफल बनाउन मुल आयोजक समितिले बिहिवार घोराहीमा मोटरसाईकल र्याली गर्ने भएको छ ।

बिहान ११ गते कर्मचारी मिलन केन्द्र देखि शुरु हुने मोटरसाइकल र्यालीमा सहभागिताका लागि सवैमा अनुरोध गरिएको छ । प्रचार प्रसारका लागि मोटरसाईकल र्याली गर्न लागिएको महायज्ञ मुल आयोजक समितिका अध्यक्ष गणेश कुमार अधिकारीले बताउनुभयो ।

घोराहीको कर्मचारी मिलन केन्द्र देखि शुरु हुने मोटरसाईकल र्याली जिल्ला प्रशासन, दिपशिखा रोड, रतनपुर चोक, लोहासुर, मिलनचोक, बालमन्दिर, लखन पार्क, आर्मी ब्यारेक, गणेश मन्दिर, निमाहल, ट्राफिकचोक, सहिदगेट, नेपाल बैंक, न्युरोड, तुलसीपुरचोक हुदै पुनः कर्मचारी मिलन केन्द्रमा पुगि समापन गरिने भएको छ । साथै उपस्थितका लागि पनि सवै अनुरोध समेत गरिएको छ ।

घोराही–धारपानी भाडादर निर्धारण

घोराही– धारापानी यातायात भाडादर निर्धारण गरिएको छ । प्रचार प्रसार तथा यातायात व्यावस्थापन उपसमितिका संयोजक धनपति शर्माको अध्यक्षता बुधवार जिल्ला स्थित सञ्चालित यातायात व्यावसायी समिति बिचको बैठकले महायज्ञ अवधी भरका लागि बसमा प्रति व्यक्ति ४० र अटोमा प्रति व्यक्ति ७५ रुपैयाँ भाडादर निर्धारण गरेको गरेको हो ।

महायज्ञ अवधी राप्ती अञ्चल सार्वजानिक यातायात बस व्यावसायी समिति, नमस्ते राप्ती यातायात प्रलाी, अम्बिकेश्वरी यातायात बस व्यावसायी समिति, तुलसीपुर टेक्सी तथा मिनिबस यातायात प्राली, साहारा यातायात प्राली , मालिका कालिका यातायात प्राली र अटोरिक्सा तथा टेम्पो व्यावसायी समितिले आवश्यकताका आधारमा सेवा सञ्चालन गर्ने प्रतिवद्धता जनाएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्