दक्षिण कोरियाली राष्ट्रपति असफल भएको उत्तर कोरियाको दाबी



२ भदौ । – उत्तर कोरियाले दक्षिण कोरियाली राष्ट्रपति पूर्ण रुपमा असफल दाबी गरेको छ । दक्षिण कोरियाली राष्ट्रपति मुन जेइ इनले पदभार सम्हालेको सय दिन पुगेपछि प्रतिक्रिया दिँदै उत्तर कोरियाले मुन असफल भएको बताएको हो ।

मुनको एक सय दिनको प्रदर्शन निराशाजनक भएको उत्तरको उत्तर कोरियाको भनाइ छ । मुनले हिजो बिहीबार मात्र आफ्नो कार्यकाल सय दिन पुगेको अवसरमा सम्बोधन गर्दै उत्तर कोरियालाई वार्ताका लागि आव्हान गर्नुभएको थियो ।

मुनले दुईदेश बीचको सम्बन्ध सुधार गर्ने बता एपनि कार्यान्वयनमा भने नदेखिएको उत्तर कोरियाली शत्तारुढ दल वर्कर्स पार्टीलाई उद्धृत गर्दै अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । दक्षिण कोरियाली राष्ट्रपति तानाशाह प्रवृतिको रहेको आरोप समेत उत्तरले लगाएको छ ।

दक्षिण कोरियाले भनाईमा दुई कोरियाको सम्बन्ध सुधार्ने बताएपनि व्यवहारमा भने उत्तर कोरियामाथि प्रतिबन्ध लगाउन अरु देशलाई उक्साएको उत्तर कोरियाको आरोप छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्