पहिचान नखुलेको रोगका कारण विपी प्रतिष्ठानमा चार जनाको मृत्यु



सैघाली खबर
,सुनसरी, २ भदौ। – धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिचान नखुलेको रोगका कारण ४ जना बालबालिकाको ज्यान गएको छ ।
प्रतिष्ठानको बालरोग विभागका चिकित्सकले समेत रोगको पहिचान गर्न सकेका छैनन् । ज्यान गुमाउने बालबालिका सबै ६ देखि १४ वर्षका छन् । प्रतिष्ठानको सूचना विभागले दिएको जानकारी अनुसार साउन १५, २४, ३१ र भदौ १ गते ती बच्चाहरुको प्रतिष्ठानमा उपचारका लागि ल्याइएका बेला प्रारम्भिक उपचार गर्ने क्रममा ज्यान गएको थियो ।

मृतकहरु इटहरी–१० का राजु कार्की, कन्चनपुर–१० सप्तरीका प्रितीकुमारी चौधरी, ठोकशिला–९ उदयपुरका प्रशान्त राई र धरान–१७ का विकल्प राई रहेको प्रतिष्ठानका सूचना अधिकृत सुजेन्द्र तामाङले बताउनुभयो ।

सुरुमा उच्च ज्वरो आउने, रगत छाद्ने, पेट दुख्ने लक्षण देखिएको उपचारमा संलग्न चिकित्सक डा। प्रकाश पौडेलले बताउनुभयो । बालरोग सम्बन्धी चिकित्सकहरुले डाइग्नोसिस गर्न नपाउँदै रगत वान्ता गर्ने, पेट दुख्ने र श्वास फेर्न नसक्ने भई एक–दुई घण्टामै ज्यान जाने गरेकाले प्रतिष्ठानले काठमाडौंको टेकुस्थित इपिडेमीयोलोजी तथा रोग नियन्त्रण महाशाखालाई यसबारे जानकारी गराएको छ ।

बालरोग आकस्मिक कक्षका चिकित्सक डा। बसन्त राईले अहिलेसम्म रोगबारे थाहा पाउन नसकेको बताउनुभयो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्