पत्रकार महासंघको आसन्न २५ औँ महाधिवेशनको लागि बाँकी उम्मेद्वार चयन



सैघाली खबर,
दाङ, २,भदौ।
नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको आसन्न २५ औँ महाधिवेशनको लागि बाँकी उम्मेद्वार चयन गरेको छ । युनियनको बिहीबार बसेको बैठकले खुल्ला सदस्यमा लक्ष्मण कार्की, नकुल अर्याल र हरिहर सिङ राठौरको उम्मेदवारी तय गरेको हो ।

यस्तै मधेसी सदस्यमा अबदेशकुमार झा, अपाङ्गमा माधब चौलागाई र अल्पसङ्ख्यकमा मोहम्म्मद इजहार हक मिक्रानी र दलित सदस्यमा सूर्य बिक, प्रतिस्ठान सदस्यमा यम बिरहिको नाम टुङ्गो लगाएको युनियनका उपाध्यक्ष विजय सन्तोशी राईले जानकारी दिनु भयो ।
यस्तै प्रदेश अन्तर्गत २ नम्बरबाट शैलेन्द्र झा, ३ बाट राजकुमार कार्की, ४ बाट दिलिप पौडेल, ५ बाट पुरुषोत्तम सुवेदी, ६ मा कलेन्द्र सेजुवाल र उपत्यकाबाट श्रीजन झाको नाम तय गरेको उहाँले जानकारी दिनुभयो ।

यस्तै लेखा समिति सदस्यमा मिरा राजभण्डारीको नाम तय गरेको छ । यस्तै महिला सदस्यमा जानुका बराल र सृजना अर्यालको नाम टुंगो लगाइएको छ ।

यसपटक नेपाल प्रेस युनियन,प्रेस सेन्टर र प्रगतिशील पत्रकार संघ बीच तालमेल भएको छ । केन्द्रीय अध्यक्षमा प्रेस सेन्टरका गोबिन्द आचार्य,उपाध्यक्षमा नेपाल प्रेस युनियनका बिपुल पोख्रेल,महासचिबमा युनियनका रमेश बिष्ट लगायत चुनावी मैदानमा उत्रनुभएको छ । चौतारीको तर्फबाट तिर्थ कोईरालाको नेतृत्वमा चुनावी मैदानमा उत्रेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्