गिरिराज नेपाली
दाङ २ , भदौ
जिल्ला भुमि सुधार कार्यालय ४ महिना देखी प्रमुख बिहिन अवस्थामा रहेको छ । कार्यालय प्रमुख नहुदा झण्डै ९ सय मोहीयानी मुद्दाहरु अलपत्र अवस्थामा रहेका छन । गत चैत्र ५ गते कार्यालय प्रमुख टिकारा ढकाल सरुवा भए संगै भुमि सुधार कार्यालय प्रमुख विहिन रहेको छ । कार्यालयमा कार्यालय प्रमुख नहुदा मुद्दा फ¥र्याैट टुङगोमा पुगेका ९ सय मोहीयानी मुद्दाहरु त्यसै थन्किएको कार्यालय जनाएको छ ।
कार्यालय लेखा अधिकृत नारायण प्रसाद पोख्रेलका अनुुसार कार्यालय निमित्तका भरमा खोलिए पनि मोहीयानी सम्वन्धीका पुरै मुद्दाहरु फैसला नभई अलपत्र अवस्थामा रहेको उनले वताए । उनले भने – हाल कार्यालयमा मुद्दा दर्ताका काम जारी रहे पनि मुद्दा फैसला र अन्य महत्वपुर्ण कामहरु पुरै वन्द रहेको उनले वताए । कार्यालयमा कार्यालय प्रमुख नहुदा मुद्दाको काम मात्रै होईन अन्य महत्वपुर्ण जिम्मेवारी काम सवै बन्द हुने पुगेको छन । प्रशासनिक कामकाज जारी रहे पनि मोहियानी मुद्दा लाई फैसला गर्न कार्यालय अझै नसकेको उनले वताए । चार महिना देखी मोहीयानी किसानहरु कार्यालय प्रमुखको पर्खाई छन । तर त्यस वारे सम्वन्धीत निकायहरु कुनै जानकार छैनन ।
मोहीयानीका मुद्दा दिनानुदिन थपिदै जाँदा किसानहरु लाई मात्र ै होईन कर्मचारी लाई काम गर्न अप्ठेरो परिहेको छ । उनले भने किसानहरु आउछन । सर .. हाकिम साप कहिले आउनु हुन्छ भन्दा हामीले दिने कुनै जवाफ छैन । मुद्दाको चाङधोर लागि सक्यो । तर कार्यालयमा कार्यालय प्रमुख आउने कुनै पत्तो छैन । कसरी काम गर्ने हो । भुमि सुधार मन्त्रालयले यही भदौ ५ गते सम्म मोहीयानी निवदेन लिन निर्देशन गरेको छ । ९ हजार वाहेक करिव २५ सय मुद्दाहरु पुनः थप भएका छन । ति मुद्दा लाई केहिले टुङगो लगाउने हो । मोहीयानी किसानले कहिले राहात पाउने हुन । चार महिना देखी कार्यालय प्रमुख विहिन वन्दा कार्यालयको कामकाज नै अन्यौलमा परेको उनले वताए । पोख्रेलले भने – कार्यालयमा अन्य काम सुचारु भई रहे पनि मुद्दा फ¥र्याैटका काम भने पुर्ण रुपमा बन्द छ । ’ जसका कारण किसानहरुले आर्थिक व्ययभार संगै समय फजुल खर्च व्याहोर्नु परेका वताए । मुद्दा फ¥र्याैट नभएकाले मोहीयानी किसानहरु हप्तैपिच्छे तारिख वुझ्नु आउनु पर्ने वाध्यता रहेको छ । भने कार्यालयमा मुद्दाका चाङ लाग्दा कर्मचारी लाई काम गर्न समेत सास्ती भईरहेको उनले वताए । मुद्दा लिने , दर्ता गर्ने , काम जारी छ । मुद्दा आउने क्रम पनि जारी नै छ ।
तर मुद्दा आईरहे पनि ति मुद्दा फ¥र्याैट गर्न नसक्दा कर्मचारी लाई समेत सकस परेको उनले वताए । लेखा अधिकृत पोख्रेलले भने –निमित्त प्रमुखको अधिकार आफुले पाए पनि मुद्दा फ¥र्याैटको अधिकार आफुले नपाएका ति फ¥र्याैट हुन वाँकी ९ सय मुद्दा त्यसै थन्किएको उनले वताए । सेवाग्राही साविक टरिगाँउ ९ ‘क’का आशराम चौधरील मोहीयानी फुकुवाका लागि कार्यालयले ०७३ साल चैत्र ३ गते जिम्दार प्रदिप आचार्य र मलाई वोलाए पनि हाल सम्म मुद्दा फ¥र्र्याैट नहुदा तारिख वोकी रहनु परेको उनले वताए । उनले भने – चैत्र ४ गते हाकिम साप सरुवा भएछ , फ¥र्याैट प्रक्रियामा मुद्दा रोकीराखेको छ । तारिख वोकी रहनु परेको उनले वताए ।
कार्यालय प्रमुखको सरुवा भए संगै कार्यालयमा हाल सम्म कार्यालय प्रमुख नहुदा भुमि सुधारका कार्यालय प्रमुख विहिन भएको छ । भने मोहीयानी किसानका मोही मुद्दा फ¥र्याैट हुन सकेका छैनन । उनले भने –आते – जातेमा समय र पैसा थुप्रै खर्च भईसक्यो । तर अझै मुद्दा फ¥र्याैट नहुदा आफुले निकै सास्ती भोग्नु परेको चौधरीले गुनासो गरे । उनले भने –आज हुन्छकी भोली हुन्छकी भन्दै आउदा आउदै समय वितिसक्यो । तर कार्यालयमा कार्यालय प्रमुख नै नआउदा उनले निकै लामो समय कुर्नु परेको गुनासो गरे ।
त्यस्तै साँविक सौडियार ७ ‘क’ का नेखिराम वंलीको पनि उस्तै गुनासो छ । मुद्दा फ¥र्याैटका लागि कार्यालय म्याद तोकेको गत चैत्रमा ३ गते नै मिलापत्रका लागि सुचना गरे पनि कार्यालयमा कार्यालय प्रमुख नै नहुदा मुद्दा फ¥र्याैट हुन नसकेको उनले वताए । म्याद सकिन लागि सक्यो मिलापत्रका लागि कार्यालयले सवै काम पुरा गरे पनि कार्यालय प्रमुख नहुदा आफुले सास्ती खेप्न परिरहेको उनले वताए । उनले भने – प्रमुख विहिन कार्यालय मोहीयानी किसानहरु जमिन्दार संग मात्रै होईन राज्य वाटै अझै पिडित वनेको उनको दुखेसो पोखे । गत चैत्र ५ गते कार्यालय प्रमुख टिकाराम ढकालको सरुवा भए संगै कार्यालयका सवै कामका रोकिएका छन । भने मोहीका मुद्दाहरुको निवदेन संकलन भई रहे पनि फ¥र्र्याैट भने हुन सकेका छैनन । उनले भने –‘ ऋणकर्ज गरी मुद्दा फ¥र्याैटका लागि काम गरियो । तर अहिले सम्म पनि हामी किसानले ऋणको भारी वोक्नु परिरहेको छ । ’ अन्यत्र कार्यालय प्रमुख सरुवा भएको केही दिनमै अर्का कार्यालय प्रमुखको नियुक्त हुन्छ । तर हामी किसानहरुको न्यायदिने यस कार्यालयमा महिनौ देखी कार्यालय प्रमुख नहुदा कम्तीको सास्ती खेप्नु परेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।