वाढी पिडित राहातका लागि एक अर्ब माग



 

दाङ २ भदौ । तुलसीपुर उपमहानगरपालिकाले तत्काल राहतका लागि पहल गर्ने भएको छ । शुक्रबार बसेको तुलसीपुर उपमहानगरपालिका कार्यपालिका वैठकले यस्तो निर्णय गरेको हो । नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा वसेको कार्यापालिका वैठकमा वाढीको प्रभाव, क्षति र राहतका वारेमा छलफल गरिएको थियो ।

सो अवसरमा हाल सम्म १४० घर भत्केकोमा ५२ घर पूर्ण ?पले क्षति भएको विवरण पेश गरिएको थियो भने बाढीपिडितलार्ई वैठकले राहत वितरणमा सघाउने सवैलाई धन्यवाद दिनुका साथै थप सहयोगका लागि अपिल पनि गरेको छ ।

वाढीका कारण क्षति भएका सम्पुर्ण भौतिक संरचनाह?को तत्काल पुर्ननिर्माण गरेर सञ्चालनमा ल्याउनका लागि उपमहानगरपालिकाले पहल गर्ने र दीर्घकालिन समाधानका लागि नेपाल सरकारसँग १ अरव आर्थिक रकम माग गरेको छ । यसका साथै शिक्षक छनोैट परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७४ पनि सर्वसम्मतले पारित गरेको प्रवक्ता श्याम डाँगीले जानकारी दिनुभएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्