तुलसीपुर उपमहानगरपालिका कार्यपालिका वैठक सम्पन्न



सैघाली खबर
दाङ,२ भदौ । तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका वैठक सम्पन्न भएको छ । मेयर घनश्याम पाण्डेको अध्यक्षतामा वसेको वैठकमा वाढीको प्रभाव, क्षति र राहतका वारेमा छलफल गरिएको थियो । सो अवसरमा हाल सम्म १४० घर भत्केकोमा ५२ घर पूर्ण रुपले क्षति भएको विवरण पेश गरिएको थियो भने उनीहरुलाई तत्काल राहतका लागि पहल गर्ने पनि निर्णय गरिएको थियो । वैठकले राहत वितरणमा सघाउने सवैलाई धन्यवाद दिनुका साथै थप सहयोगका लागि अपिल पनि गरेको छ ।

 

वाढीका कारण क्षति भएका सम्पुर्ण भौतिक संरचनाहरुको तत्काल पुर्ननिर्माण गरेर सञ्चालनमा ल्याउनका लागि उपमहानगरपालिकाले पहल गर्ने र दीर्घकालिन समाधानका लागि नेपाल सरकारसँग १ अरव रकम पनि बैठकले माग गरेको छ । यसका साथै शिक्षक छनोट परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७४ पनि सर्वसम्मतले पारित गरेको प्रवक्ता श्याम डाँगीले जानकारी गराउनु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्