युरोप जान १० हजार दिन नसक्नेले व्यावसाय छाड्दा हुन्छ श्रम तथा रोजगार मन्त्री मन्सुर



काठमाडौं,२ भदौ । युरोपेली मुलुकमा नेपाली कामदारलाई पठाउन म्यानपावर कम्पनीहरूले अधिकतम् सेवा शुल्क १० हजार मात्र लिन पाउने श्रम तथा रोजगार मन्त्री फर्मुल्लाह मन्सुरले बताएका छन् । पत्रकार संग सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा औपचारिक कुराकानी गर्दै मन्त्री मन्सुरले युरोपमा नेपाली कामदार पठाउँदा सरकारले अधिकतम् १० हजार सेवा शुल्क लिन पाउने व्यवस्था गरेको जानकारी तोकिसकेकाले यदि कोही म्यानपावर कम्पनीलाई त्यसरी काम गर्दा घाटा लाग्छ भने म्यानपावर व्यवसाय नै छाड्न सुझाव दिए ।

 

तोकिएको मुलुकमा अधिकतम् १० हजार रूपैयाँभन्दा बढी रकम असुलेर वैदेशिक रोजगारीमा पठाएको प्रमाण भटिए जो सुकैलाई पनि आफूले कारबाही गरिछाड्ने मन्त्री मन्सुरले चेतावनी दिए । पहिला–पहिला म्यानपावर व्यावसायीहरूले मन्त्रालयलाई नै चौतारी बनाएर बसेको भए पनि आफू आएपछि भने यस्तो नभएको र आफ्नो कार्यकालभरि यस्तो नहुने पनि उनले स्पष्ट पारे ।

तर, नेपाल वैदेशिक रोजगार व्यवसायी संघले १० हजार सेवा शुल्कमा युरोपेली मुलुकमा कामदार पठाउन नसकिने जनाइसकेको छ । केही दिनअघि वैदेशिक रोजगार प्रबद्र्धन बोर्डको बैठकले युरोपेली मुलुक स्विडेन कामदार पठाउन १० हजार मात्रै सेवा शुल्क लिन पाउने निर्णय गर्न खोजिएको प्रति संघले विमति जनाउँदै सो शुल्कमा पठाउन नसकिने जनाएको थियो । करिब ५ महिनापहिले स्विडेनको एक कम्पनीले फलफूल टिप्ने कामका लागि १ सय ८५ जना नेपाली कामदारको माग आएकोे संघले जनाएको छ ।संघका अध्यक्ष रोहन गुरुङका अनुसार मासिक २ लाख १३ हजार तलब दिने प्रतिबद्धतासहित नेपाली कामदारको माग आए पनि सेवा शुल्कको नाममा सरकारले अड्काएर राखेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्