घोराही उप–महानगरपालिका पहिलो प्राथामिक्ता ‘सडक र खानेपानी ’



सैघाली खबर
दाङ , ३ भदौ
घोराही उप–महानगरपालिको नगर सभा आज हुदैछ । दिउसो १ वजे घोराही उप–महानगरपालिकाको सभाहलमा सभा गरिदै छ । सभाले घोराही क्षेत्रको सडक विस्तार लाई पहिलो प्राथामिक्तामा राखेको छ । घोराही उप–महानगरपालिकाका प्रमुख नरुलाल चौधरीले घोराही उप–महानगरपालिकाको निति तथा कार्यक्रममा पहिलो प्राथामिक्तामा सडक रहेको वताउनुभयो ।

घोराही उप–महानगरपालिका १९ वटा वडाहरुको सडक संजाल विस्तार नगरको प्रमुख कार्यनिति रहेको वताउनु भयो । उहाँले भन्नुभयो – घोराही वजार संग प्रत्येक वडाहरु लाई जोडी ग्रामिण क्षेत्रको आर्थिक विकास र कृर्षि क्षेत्रको प्रर्वद्धनका टेवा पु¥याउने पहिलो लक्ष्य छ । ’ सडक क्षेत्रका ेविकास गरी ग्रामिण कृर्षि क्षेत्रको आधुनिक विकास र वजारीकरणमा टेवा पुग्ने प्रमुख चौधरीले वताउनुभयो । ग्रामिण क्षेत्रको आथिर्क समृद्धि आधार कृर्षि रहेकाले कृर्षि क्षेत्रको लाई वजार सम्म्म पु¥याउन सडक आवश्यक पर्ने भएकाले घोराही उप–महानगरपालिकाको पहिलो प्राथामिक्तामा सडक नै मुख्य वनेको उहाँले वताउनु भयो ।

त्यस्तै आजको नगर सभाले घोराही क्षेत्रको खानेपानी विस्तार् लाई पनि महत्वपुर्ण निति कार्यक्रमका रुपमा अघि सार्न लागिरहेको छ । घोराही उप–महानगरपालिका क्षेत्रमा पछिल्लो समय खानेपानीको हाँहाँकार वन्दै गईरहेका खानेपानी मुहान संरक्षण तथा वोरिङ निर्माणका लागि पनि नगरपालिकाले महत्वपु्र्ण योजनाका रुपमा अघि सारेको वताए । उनले भने – वढ्दो शहरीकरण तथा जनघनत्वका चापका कारण खानेपानकोि हाँहाँकार हुदै गईरहेकाले खानेपानी संरक्षण र विकासका लागि पनि दोस्रो प्राथामिक्तामा रहेको चौधरीले वताउनु भयो
सैघाली अनलाईन खबर संग कुराकानी गर्दै प्रमुख चौधरीले खानेपानी वाट कुनै पनि नागकिर वञ्तिच हुन नपरोस भन्दै खानेपानी विकास र स्थापना पनि मुख्य प्राथामिक्ता रहेको चौधरीले वताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्