संसोधन विद्येयक पारित हुन्छ ः उप–प्रधानमन्त्री महरा



सैघाली खबर
काठमाण्डौ ३ , भदौ

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधन विधेयक पारित हुने दाबी गरेका छन् ।
शुक्रबार जनकपुर विमानस्थलमा संचारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उनले सो कुरा बताएका हुन् ।

उपप्रधानमन्त्री महराले संविधान संशोधन विधेयक पारित गराउन प्रमुख प्रतिपक्ष एमालेले सहयोग गर्नेमा सरकार आशावादी रहेको पनि बताए । यसका साथै, उनले संविधान संशोधन विधेयक पारित गराउन सरकार लागि परेको पनि स्पष्ट पारे ।

आगामी सोमबार संसदमा संविधान संशोधन विधेयक निर्णयार्थ पेश हुँदैछ ।
उपप्रधानमन्त्री महराले आगामी असोज २ गते स्थानीय तह तेस्रो चरणको निर्वाचन हुनेमा शंका नगर्न पनि आग्रह गरे। उनले मंसिरको पहिलो साताभित्र प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एउटै मितिमा गराउने गरी सरकारले तयारी गरिरहेको पनि जानकारी दिए ।
साभार ःसेतोपाटी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्