पत्रकार महासंघ दाङका सदस्य चढेको बस लाई ट्रकले दियो ठक्कर



सैघाली खबर
दाङ ३ , भदौ
नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा सहभागी हुनको लागि दाङबाट काठमाडौं आँउदै गरेको बस दुर्घटना भएको छ ।

पुर्व पश्चीम राजमार्ग अन्तर्गतको दाउन्ने र दुम्कीबास जंगलमा गएराती २ बजे दुर्घटना भएको पत्रकार उदय जियमले बताएका छन् ।

 

ओरालो बाटोमा ट्रकले बसलाई ठक्कर दिएर भाग्ने क्रममा उक्त दुर्घटना भएको थियो । दुर्घटनाबाट कुनै मानवीय क्षती भएको छैन् ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका सभासद र पत्रकारहरु सुरक्षित रहेका छन् ।

जिएमका अनुसार बसका चालकको कुसलताको कारण ठुलो दुर्घटनाबाट जोगिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्