बाढीपीडितलाई राहात वितरण



दिपक बोहरा
 दाङ,३ भदौ ।
दाङका बाढी पीडितहरुलाई राहत बितरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका १३ का बाढीपीडतलाई शुक्रबार राहात सामाग्री वितरण गरिएको हो । जिल्ला दैबिक प्रकोप उद्धार समिति दाङको समन्वय, सिसा नेपालको आयोजना तथा कारितास नेपालको आर्थिक सहयोगमा राहात सामाग्री बितरण गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिका १३ अम्बापुरका, दमारगाउँ , ढकना ,बखरियाका, भिरताबाङ,सिमलटाकुरी, डरतारा, बराखुट्टी, मझकटुवा, गिधनिँया, रामपुर, रणीयापुरलगायतका ५१ परिवार बाढीपीडितलाई दैनिक उपभोग्य सामान, लत्ताकपडा, ओढ्ने, ओछ्याउने सामाग्री वितरण गरिएको छ ।

साहयक प्रमुख जिल्ला अधिकारी, मेयेर, उपमेयर लगायतको टोलीले घर बगाएर अर्काको घरमा बस्दै आएका बाढीपीडितलाई कारितासले उपलब्ध गराएको चामल, दाल, दालमोठ, तेल, नुन, चाउचाउ, बिष्कुट, चिउरा, चिनि, चियापत्ति, चना, चटकी, टर्चलाईट , तन्ना, छाता, फिल्टर उपलब्ध गराएको हो ।

त्यस्तै नेपाल रेडक्रस सोसाईटी दाङले उपलब्ध गराएको कम्बल, तारपोलिन, सारी, जिनको कपडा, पप्लीन, छिट, खाना पकाउने भाँडाको सेट, बाल्टिन , महिला बिकास तथा युएनडिपीले बाढीपीडित महिलाहरुलाई उपलब्ध गराएको सारी, बलाउज, प्यान्टी, प्याड, साबुन, ब्रस, सल , टाबेल, म्याक्सी, टर्चलाईट बितवरण गरिएको थियो ।

त्यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय दाङ तथा युनिसेफले उपलब्ध गराएको झुल, जिल्ला खानेपानी कार्यालयले उपलब्ध गराएको पानी छान्ने, पानी सुद्धिकरण गर्ने किट, साबुन, बाल्टी, मग बितरण गरिएको हो ।

राहात सामाग्री वितरणका लागि तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे, साहयक प्रमुख जिल्ला अधिकारी गणेश आचार्य, उपमेयर माया आचार्य, कारितास नेपालका तेज बहादुर बस्नेत, रेडक्रसका नारायण प्रशाद आचार्य, वडा नं. १३ का वडा अध्यक्ष गणेश न्यौपाने, जनस्वास्थ्य प्रमुख घनश्याम पोख्रेल, महिला बिकासकी बिश्वमाया जोसी,सिसा नेपालका बिष्णु कुमार देबकोटालगायतको सहभागीता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्