निर्वाचनको सकारात्मक वातावरण बन्दैछ : राजेन्द्र महतो



सैघाली खबर,
धनुषा, ३ भदौ । राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० का अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले निर्वाचनका लागि सकारात्मक वातावरण बनिरहेको बताउनुभएको छ ।

बाढी प्रभावित मधेशका जिल्लामा राहत वितरण गर्न आउनुभएका नेता महतोले   मधेशी समस्या समाधानका लागि यही भदौ ५ गते हुने मतदानमा सम्पूर्ण दललाई सहभागी हुन गर्नुभयो ।

उहाँले मधेशका जिल्लामा राहतको कार्यक्रम प्रभावकारी हुन नसकेको गुनासो गर्दै राजपाले राहतका लागि रु २६ अर्बको माग गरेकामा सरकारले रु एक अर्ब निकासा गरे पनि सम्बन्धित जिल्लामा पुग्न नसकेको बताउँदै राहत वितरणका लागि प्राधिकरण नै गठन हुनुपर्ने माग गर्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्