पत्रकार महासंघको अधिवेशनको तयारी अन्तिम चरणमा



सैघाली खबर,
काठमाडौं, ३ भदौ । नेपाल पत्रकार महासंघको आइतबारदेखि सुरु हुने २५ औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । काठमाडौंको नेपाल प्रज्ञा भवनमा हुने महाधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले आतइबार उद्घाटन गर्ने कार्यक्रम छ ।

महाधिवेशनले आउँदो कार्यकालको लागि अध्यक्ष, महासचिव, कोषाध्यक्ष, दुई उपाध्यक्ष, ६ सचिवसहित ४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । महाधिवेशनमा १५ सयभन्दा धेरै प्रतिनिधि सहभागी हुँदैछन् । महाधिवेशनमा भाग लिन जिल्लाजिल्लाबाट प्रतिनिधि आउने क्रम चलिरहेको महासंघले जनाएको छ ।

अध्यक्षमा तीर्थ कोइराला, गोविन्द आचार्य र उजिर मगरले उम्मेदवारी घोषणा गरेका छन् । कोइरालालाई प्रेस चौतारी लगायत संगठनले समर्थन गरेका छन् भने आचार्य प्रेस युनियन र प्रेस सेन्टरबाट साझा उम्मेदवार बन्नुभएको हो ।

महासंघका वर्तमान महासचिव मगरले भने स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गर्नुभएको हो । नयाँ नेतृत्व चयनका लागि सोमबार चुनाव हुने महासंघले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्