रोटरीमा नवप्रवेशीलाई स्वागत



सैघाली खबर,
तुलसीपुर, भदौ ३ । रोटरी क्लव अफ तुलसीपुर सिटीले क्लवमा नव प्रवेशीहरुलाई स्वागत गरेको छ । विभिन्न सामाजिक तथा व्यावसायिक क्षेत्रमा सक्रियता जनाउदै आउनु भएका राजिव वली, उज्ज्वल श्रेष्ठ, रसिल थापा लाई क्लवका अध्यक्ष तुफानवावु श्रेष्ठले रोटरीको लोगो भएको पिन लगाएर स्वागत गर्नुभएको थियो ।

उहाँले सामाजिक कार्यमा लाग्नका लागि क्लवमा प्रवेश गरेकोमा धन्यवाद समेत दिनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवम् डिस्ट्रिक ३२९२ का असिस्टेन्ट गभर्नर कुशल तर्तालले समाजलाई सकारात्मक परिवर्तनको वाटोमा हिडाउनका लागि रोटरीले समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई स्वागत गरेको समेत वताउनु भएको थियो ।

उहाँले समाज र देशको मुहार परिवर्तन गर्नका लागि रोटरीमा आवद्ध भएकोमा युवाहरुलाई स्वागत समेत गर्नुभएको थियो । तर्तालले क्लवको नियमानुसार नवप्रवेशीहरुलाई प्रवर्तन गराउँदै कुनै आस्था, विचार या वादबाट भन्दा पनि रोटरीमा आवद्ध सदस्यहरु समाजसेवाको भावले अगाडी वढ्नुपर्ने वताउनु भएको थियो ।

रोटरीका पुर्व अध्यक्ष विमल रिजालले नव प्रवेशीहरुलाई रोटरीको ज्ञान अभिवृद्धिका लागि रोटरी पुस्तक हस्तान्तरण गर्नु भएको थियो । क्लवका उपाध्यक्ष यज्ञवहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा निवर्तमान अध्यक्ष विरु रावत , भावि अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, उपाध्यक्ष सुरेश हमाल, कोषाध्यक्ष विनिल केसी, लगायतले वोल्नु भएको थियो भने कार्यक्रमको सहजिकरण मर्यादापालक दुर्गा केसीले गर्नुभएको थियो ।
यसका साथै क्लवले सफल व्यवसायी एवम् क्लवका पुर्व अध्यक्ष अनुपकुमार श्रेष्ठको व्यावसायिक अनुभव समेत आदान प्रदान गरेको थियो । क्लवको व्यावसायिक अनुभव आदानप्रदान गर्ने नीति अनुसार यस्तो कार्यक्रम मासिक रुपमा गर्दै आएको पनि क्लवका अध्यक्ष श्रेष्ठले वताउनु भयो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्