शिक्षा

प्राविधिक शिक्षा आजको मुख्य आबश्यकता नेता गुरुङ

By थाहा अनलाइन

February 25, 2019

अमृत भट्टराई

पर्वत । पछिल्लो समयमा प्रविधिक शिक्षा अति आश्यक बन्दै गएको एक कार्यक्रमका वत्ताहरुले वताएका छन । दक्षिणी पर्वतको बिहादी गाउँपालीका वडा ४ मा रहेको वहाकी माध्यमिक विद्यालयको ६० औं वाषिर्कोत्सव कार्यक्रमका अबसरमा बोल्दै युवा नेता प्रविन गुरुङले यस्तो वताएका हुन ।गुरुङले भने नेपालीको शिक्षा प्रणालीले नेपाल का युवाका लागि रोजगारी मुलक शिक्षा नभइ राज्यको ढुकुटी सक्ने तर्फको शिक्षा मा धेरै लगानी गरेको बताए ।पछिल्लो समय युवा पुस्ता दैनिक विदेशी हुनु परेको छ शिक्षामा सरकारले धेरै खर्च गरेपनि आजको आवश्यक अनुरुप सरकारले खर्च गर्ने नचानेका कारणले युवाहरू विदेशी हुनुपरेको बताएका छन् ।

स्थानीय युवाहरुमा प्राविधीक शिप नहुदा समस्या देखिएको वताउँदै नेपाल मा शिक्षामा पुर्ण जानकारी नै भएको शिक्षा मन्त्री हुनुनै युवा विदेशी हुन् परेको हो भन्नुभयो ।गुरुङले भने आफू सधैं बिहादीको शिक्षा सुधार र बिहादीको बिकासका निमित्त सधैं लागि पर्ने बताए । वाषिर्कोत्सव कार्यक्रममा मावि स्तरीय पुरुष भलिबल प्रतियोगितामा गुरुङले रनिङ र नगत सौंज्ने गर्नुभयो थियो ।