सहमतिको आधारमा संविधान संशोधन विधेयक अघि बढाउन राष्ट्रपतिको सुझाव



सैघाली खबर,
काठमाडौं,३ भदौ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा छलफलको क्रममा रहेको संविधान संशोधन विधेयक सहमतिको आधारमा अघि बढाउन दलहरुलाई सुझाव दिएकी छन्।

प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शिर्ष नेताहरुसँग शितल निवासमा भएको भेटमा सबै दल मिलेर सहमति बनाएर संविधान संशोधन गर्न सुझाव दिएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए।
राष्ट्रपतिले संविधान संशोधनमा दलहरु विभाजन हुन नहुने बताउँदै सरकारको नेतृत्वसँगै फेरिने परराष्ट्र नीति हुन नहुनेमा उनले जोड दिएकी नेता पौडेलले बताए ।

बाढी पहिरो लगायतका प्राकृतिक विपदको स्थायी समाधान खोज्न प्रमुख दललाई सुझाव पनि उनले दिइन् । बाढीपीडितका लागि राहत र पुनर्निर्माणको काम गर्न आग्रह गर्दै नदी नियन्त्रण गर्न स्थायी समाधान खोज्न राष्ट्रपतिले आग्रह गरेको पौडेलले बताए ।

राष्ट्रपतिको भनाईलाई सरकारले गम्भीर रुपमा लिएको र कार्यान्वयन गर्न प्रयास गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका राष्ट्रपतिको प्रेस विज्ञ माधव शर्माले सेतोपाटीलाई जानकारी दिए।

राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुद बिपक्षी दलका नेता एवम् एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस नेता रामचन्द्र पौडेल, एमाले उपाध्यक्ष बामदेब गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्