महेन्द्र बहुमुखि क्याम्पस ईकाई सभापति शिवराज खनाललाई पदबाट ब्रखास्त



सैघाली खबर
घोराही,३ भदौ।
नेपाल विद्यार्थी संघले महेन्द्र बहुमुखि क्याम्पस ईकाई सभापति शिवराज खनाललाई पदबाट ब्रखास्त गरेको जनाएको छ । नेपाल विद्यार्थी संघले आज एक विज्ञप्ति निकाली उक्त जानकारी गराएको हो ।

नेपाल विद्यार्थी संघ प्रजातान्त्रिक पद्धतीप्रति प्रतिवद्ध रहि समग्र विद्याथीको हक अधिकारको आएको र अझै पनि विद्याथीको हक हितको लागी सधै लागी पर्ने भन्दै पदिय जिम्मेवारी तथा शिदान्त पालना नगर्ने पदादिकारीलाई कार्वाही गर्ने जनाएको छ ।

साथै वित्रप्तिमा भनिएकोे छ महेन्द्र बहुमुखि क्याम्पसका ईकाई सभापति शिवराज खनालले संगठनको शिदान्त विपरित गई आफ्नो पदिय दायित्व बहन नगरेको तथा बारम्बार सम्पर्क गर्दा पनि सम्पर्कमा नआएको र आर्थिक पारदर्शिता नदेखाएको र संगठनको शिदान्त विपरित गई आफुखुसि काम गर्नै आईरहेको कारण संगठनको बैठक बसी महेन्द्र बहुमुखि क्याम्पस ईकाई सभापति शिवराज खनाललाई आजकै मिति देखी पदबाट ब्रखास्त गरेको सचिव कुलराज पोख्रेल तथा उपसभापति निर्मल पुन द्धारा हस्ताक्षरीत विज्ञप्तिमा उल्लेख गरिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्