मोतिपुरका बाढी पीडित ९ दिनेदेखि अबरुद्ध बिद्युत सुचारुको माग गदै



शुसिल बस्नेत,
दाङ,३ भदौ।
९ दिनदेखि बिद्युत बिहीन भएका उरहरी ११ मोतिपुरका बासीन्दाहरु आज शनिबार तुलसीपुरमा आई बिद्युत सुचारुका लागि पहल गरिदिन आग्रह गरेका छन् । वडा अध्यक्ष चित्रबहादुर वलीसग आग्रह गरेका मोतिपुरबासीहरु वडा अध्यक्ष वलीलाई समेत साथमा लिई तुलसीपुर आईपुगेका हुन ।

उनीहरुले सांसद डिल्लीबहादुर चौधरीलाई बिद्युत सेवा अबरुद्ध भएको ९÷९ दिन सम्म सुचारु नभएपछि गुहार मागेका हुन । बिद्युत सेवा अबरुद्ध भएको ६ दिन पुग्दै गर्दाको समयमा तुलसीपुरमा आयोजीत एक कार्यक्रममा बिद्युत प्राधिकरण तुलसीपुर शाखा प्रमुख टंकराज गिरीले भदौ २ गते अर्थात हिजो शुक्रबार सम्म सबै स्थानको बिद्युत सुचारु गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

उनीहरुले गरेको आग्रहलाई सांसद चौधरीले तत्काल बिद्युत कार्यालय प्रमुख गिरीसग सम्पर्क गरि मोतिपुरको बिद्युत सेवा सञ्चालनका बारेमा जानकारी लिनुभएको छ ।

चौधरीसगको टेलिफोन सम्पर्कमा आफु प्रभाबित क्षेत्रमा पुगेको र प्राबिधि टोलीले काम शुरु गर्ने बताउनुभएको मोतिपुरबाट आएको टोली सदस्य तिर्थबहादुर बस्नेतले जानकारी दिनुभयो । उक्त स्थानमा बाढीकारण बिद्युत सेवा अबरुद्ध भएको छ भने केही घर डुवानमा परेका छन् । २०७१ साउन २९ र ३० गते आएको बाढी र डुवानका कारण अत्यन्त प्रभाबित मोतिपुरमा २ जनाको ज्यान गएको थियो । यसपटक भने मानविय क्षति भएन् तर पूर्बाधारमा क्षति पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्