ईकाई सभापति खनाल लाई कार्बाही



सैघाली खबर
दाङ ३ , भदौ
नेपाल विद्यार्थी संघ दाङले ईकाई सभापित लाई कार्वाही गरेको छ । संगठनको विपरित कार्य गरी , पदिय दायित्व जिम्मेवारी निर्वाह नगरको भन्दै कार्वाही गरेको हो । नेपाल विद्यार्थीले शनिवार एक विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको हो ।  

संघका उप–सभापति निर्मल पुन र सचिव कुलराज खनाल द्वारा जारी विज्ञप्तीमा नेपाल विद्यार्थी संघले महेन्द्र बहुमुखी क्याम्पस इकाई सभापति शिवराज खनाललाई कारबाही गरेको छ ।

इकाई सभापतिले संगठनको शिद्धान्त विपरित काम गरेको भन्दै कार्वाही गरेको उल्लेख गरेको छ ।
संगठनको शिद्धान्त विपरित कार्य गरेको तथा आर्थिक पार्दशिता नगरेको र पटक पटक सम्पर्कमा ल्याउँन खोज्दा पनि सम्पर्कमा नआएकोले सभापति खनाल लाई कारबाही गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्