घोराही उप–महानगरपालिकाको प्रथम सभा



 

सैघाली खबर 

दाङ ३ ,भदौ
घोराही उप–महानगरपालिका दाङको प्रथम नगर सभा शनिवार घोराहीमा सुरु भएको छ । नगर प्रमुख चौधरीले घोराही उप–महानगरपालिकाको आर्थिक वर्ष ०७४÷७५ निति तथा कार्यक्रमहरु सभामा मार्फत सार्वजानिक गरेका छन । सभामा प्रम्ुख चौधरीले घोराही लाई स्मार्ट सिटीका रुपमा विकास गर्ने अवधारणा सहित घोराही क्षेत्र वाटै अन्र्तराष्ट्रिय हवाई यातायात संञ्चालन गरी दाङ लाई पर्यटकिय क्षेत्रको विकास संगै दाङको अर्थतन्त्र लाई मजवुत वनाउने परिकल्पनाका साथ सभामा १ वर्षे निति तथा कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।

नगर प्रमुख चौधरीले महत्वाकाँक्षी योजनाहरु सार्वजानिक गर्दै आगामी ५ वर्ष भित्र सार्वजानिक गरिएका योजना सम्पन्न गर्ने लक्ष्यका साथ कार्यन्वयनमा तिव्रता दिने वताएका छन । घोराही उप–महानगरपाकिला लाई स्मार्ट सिटीका रुपमा विकास गर्ने , उप–महानगरिय वाहिरी चक्रपथ निर्माण गर्ने , सिचाई र खानेपानीका लागि उपल्लो जलाधार क्षेत्रका सम्भाव्यता खोलाहरुमा उच्च्वाँध निर्माण गर्ने , घोराहीको उप–महानगरपालिका वडा न. ३ र ५ लाई औद्योगिक क्षेत्रका रुपमा विकास गरिने ,घरवार विहिन परिवारहरु लाई अपार्टमेन्ट भवन निर्माण गरी उचित वसोवासको व्यावस्था गरिने , दाङको जेष्ठो क्याम्पस प्राविधिक शिक्षालयका रुपमा विकास गरिने , रामपुर क्याम्पसमा कृर्षि ,पशु , र स्वास्थ्य अध्यापनका रुपमा विकास गरिने , साथै राप्ती उप–क्षेत्रिय अस्पताल लाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गरी आधुनिक सुविधायुक्त स्वास्थ्य सेवाको विकास गरिने छ । कृर्षियोग्य जमिनको उचित व्यावस्थापन गर्दै कृर्षि प्रविधिका सुधार गरिने छ । घोराही उप–महानगरपालिका क्षेत्र भित्रमा रहेका धारपानी , अम्वीकेश्वरी , वाह्रकुने दह , ज्यामिरे दह , चरिङगे दह , पर्यटकिय क्षेत्रका रुपमा विकास गरिने छ ।
नगर प्रमुख चौधरीले अन्र्तराष्ट्रिय विमान स्थल निर्माणका लागि आगामी ५ वर्ष भित्र सम्भाव्यता अध्ययन गरी कार्यन्वयन लाई तिव्रता दिने , घोराही उप–महानगर्पालिका १९ वटै वडाहरुमा नगरपालिका संग कालोपत्रे गरि जोडीने वताएका छन । घोराही उप–महानगरपालिका भित्रमा राजधानी सुहाउदो सडक , भवन , आवास क्षेत्र , औद्योगिक क्षेत्र , व्यापाकिर क्षेत्र , खेल मैदान सभागहृ चिडियाखाना , निर्माणका लागि गुरु योजना निर्माण गरी कार्यन्वयन गरिने छ । साथै खानेपानीका मुहानहरु वर्षेनी सुक्दै गईरहेका खानेपानीको मुहान विकास र वृक्षारोपण लाई प्रथामिक्ताका साथ कार्यन्वयन गरिने उनले वताए । घोराही उप–महानगरपालिका सम्भाव्यताको हिसाव प्रादेशिक राजधानीको उचित संम्भावना वोकेको क्षेत्र रहेकाले रहेकाले यहाँको विकास लागि तिव्रताका साथ काम गरिने उनले वताए । उनले राष्ट्रिय गौरवको योजनाका रुपमा अघि सारिएको अन्र्तराष्ट्रिय विमान स्थल महत्वपुर्ण योजनाका रुपमा अघि सारी निर्माण स्थलको सम्भाव्यता तत्काल सुरु गरिने उनले वताए । त्यस्तै खानेपानी तथ सिचाईका लागि ‘एक वडा एक पोखरी ’को अवधारणा निर्माण गरी खानेपानी तथा सिचाईका प्रत्येक वडा आत्मनिर्भर वनाईने छ । साथै परम्परागत खेती प्रणाली लाई सुधार गरी कृर्षि यान्त्रिकरणको विकास गर्दै कृर्षि क्षेत्र लाई आधुनिकरण तर्फ उन्मुख गराईदने छ ।
त्यस्तै घोराही १६ तरौटेका ल्याण्ड फिल्ड साईट लाई उचित व्यावस्थापन गरी फोहोरमैला प्रसोधन केन्द्रका रुपमा विकास गरिने भएको छ । सभ्य शान्त सुन्दर नमुना योग्य शहर , सून्दर घोराही शहरको रुपमा घोराही उप–महानगरपालिका विकास स्थापित गरिने योजना सार्वजानिक गरेका छन । साथै हरेक नगरवासी लाई सुचनाको पहुच सम्म पु¥याउन प्रत्यके चोक–चोकमा फ्री वाईफाईको स्थापना गरिने भएको छ । आगामी ५ वर्ष भित्रैमा घोराहीमा नगर क्षेत्रमा मुख्यमूख्य चोकहरुमा सार्वजानिक सुचना सहितको ईमेल ईन्टरनेटको सेवा संञ्चालन गरिने नगर सभाले पास गरेको हो । साथै घरविहिन विपन समुदाय , जातजातीहरु लाई अपारमेन्ट निति मार्फत सुरक्षित वसोवासको व्यावस्थापन गरिने घोराही उप–महानगरपालिका कार्यनिति रहेको छ । उक्त कार्यक्रमको सहजीकरण प्रवक्ता भरत अर्यालले गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्