देशभर मौसम बदली, धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना



फागुन १५  काठमाण्डौ।  पश्चिमी वायुको प्रभावले रातिदेखि उच्च पहाडी भूभागमा हिउँ र देशका केही भूभागमा पानी परिरहेको छ। आज उपत्यका सहित देशभर नै सामान्यदेखि पूर्ण बदली भएको छ । उपत्यकामा हल्का वर्षा भैरहेको र यो क्रम अझै २ दिन सम्म चल्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशभरको मौसम पूर्ण रुपमा खुल्ने सम्भावना नभएको र पश्चिमका केही ठाउँमा रातिदेखि मौसममा सुधार आए पनि मध्य र पूर्वको मौसम बिहीबार दिउँसोपछि मात्रै खुल्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्