नेपालपत्रकार महासंघको २३औं महाअधिवेसन आजदेखि



सैघाली खबर
काठमाडौं,भाद्र  ४

पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २३औं महाअधिवेसन आज  काठमाडौंमा सुरु हुँदैछ । नेपाल पत्रकार महासंघको २५औं महाधिवेशनको आज काठमाडौंको प्रज्ञा भवन कमलादीमा उद्घाटन हुँदैछ ।‘व्यावसायिक पत्रकारिताको आधारः प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल सन्देशका साथ काठमाडौँमा हुने महाधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नु हुनेछ । उदघाटनकार्यक्रमविहान ९ः३० बजेलाई राखिएको छ । महाधिवेशनमा देश विदेशबाट गरी एक हजार पाँच सय १८ जनाप्रतिनिधिले सहभागिता जनाउँदै छन् ।निर्वाचन समितिले सार्वजनिक गरेको मतदाता सूचीअनुसार महाधिवेशनमा स्वदेशबाट एक हजार ५०८ र प्रवासबाट ८ जनामतदाता सहभागिहुने छन् ।

नयाँ नेतृत्वकालागि हरेक तीन÷तीन वर्षमा हुने महाधिवेशनले ४५ सदस्यीय नयाँ कार्यसमितिसमेत चुन्ने छ ।महाधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष–२ महासचिव–१, सचिव–६ र कोषाध्यक्षसहित ४५ सदस्यीय नयाँ कार्यसमितिचयन हुनेछ ।महासंघको नयाँ नेतृत्वका लागि उम्मेदवार बन्न चाहनेले आजदिउँसो १२ देखि अपराह्न ३ बजेसम्मआफ्नो उम्मेदवारी दर्ता गर्नुपर्ने निर्वाचन समितिले जनाएको छ ।उम्मेदवारको अन्तिम नामावली बेलुकी ५ बजे प्रकाशितगरिने निर्वाचन समितिले जनाएको छ ।महासंघको नयाँ नेतृत्वकालागिभोलिबिहान ९ देखि दिउँसो ३ बजेसम्ममतदानको समय तोकिएको छ । मतगणना मतदान सकिएलगत्तै गरिने छ ।नेपाल पत्रकार महासंघको महाधिवेशनमा यसपटक कांग्रेसनिकट प्रेस युनियन र माओवादी केन्द्रनिकट प्रेस सेन्टरबीचतालमेल भएको छ ।गठबन्धनबाट अध्यक्षमा गोविन्द आचार्य उम्मेदवार हुनुहुन्छ भने एमाले निकट प्रेस चौतारीले तीर्थ कोइरालालाई उम्मेदवार बनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्