संविधान संशोधन प्रस्ताव माथि आज संसदमा छलफल हुँदै



सैघाली खबर
काठमाडौं,भाद्र  ४


संविधान संशोधन प्रस्ताव माथिको आज संसदमा छलफल हुँदैछ । गत बुधबार संसद्मा प्रस्तुत गरिएको संशोधन प्रस्ताव माथि आजदेखि छलफल हुनेछ । आज र भोलि छलफल सकेर भोलिनै मतदान गर्ने तयारी भइरहेको संसद सचिवालयले जनाएको छ । एमाले प्रक्रिया अगाडी बढाउन सहमत भएपछि संसोधन अघि संसदमा कायमभएका ५९२ सांसदमध्ये संविधान संशोधन पारित हुन दुई तिहाइ अर्थात् ३९५ मत आवश्यक पर्छ ।तर, एमाले, राप्रपा र सानादलको सहयोग नहुँदा संशोधनमा दुई तिहाइ पुग्न गाह्रो छ । दुई तिहाइबाट संविधान संशोधनगर्न २२ मतअपुग छ । संशोधनको पक्षमाकांग्रेस, माओवादी केन्द्र, राप्रपाप्रजातान्त्रिक, फोरम लोकतान्त्रिक, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादीफोरम, नेकपा संयुक्त, अखण्ड पार्टी नेपाल समाजवादीजनता पार्टी नेपाल परिवार दलरहेका छन् । संशोधनको पक्षमाजम्मा ३७३ सांसद देखिएका छन् । नेकपाएमाल, राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेकपामाले, बहुजनशक्ति पार्टी, स्वतन्त्र लगायतदलहरु रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्