बाढीपीडित भन्छन् ः एकीकृत बस्ति चाहियो



दिपक बोहरा
दाङ, ४  भाद्र


तुलसीपुर उपमहानगरपालिका १३ फुलबारीका बाढिपीडितहरुले बाढी नपस्ने ठाउमा बासस्थान खोजी गरिदिन माग गरेका छन् ।
तुई खोलाले क्षति पु¥याएका बाढीपीडितहरुलाई एकीकृत बस्तिको बिकास गरी सुरक्षित ठाउमा बसाल्न माग गरेका हुन् । बर्षेणी बर्षादको समयमा आउने बाढीले क्षति पु¥याउने भन्दै नदि तथा खोलाको किनारबाट सरकारले सुरक्षित स्थानमा बस्ति स्थानान्तरण गरिदिन उनीहरुको माग थियो । ‘बर्षादको समयमा बर्षेणी त्रासै त्रासमा बस्नु पथ्र्यो,यो बर्ष त झन घर नै बगाईदियो’ तुईखोलामा आएको बाढीबाट पीडित बनेका तुलसीपुर १३ का नर बहादुर बिकले भने ‘ सरकारले अब खोलाका किनारबाट बाढीको जोखीम नहुँने ठाउमा बस्ति बसालिदिनु प¥यो ।’ बिकले महत्वपुर्ण कागजात त जोगाउन सफल भए तर अन्न, लत्ता कपडा, भाँडा कुडा सबै खोलाले बगाएको बताए ।
केही घरहरु बाढीले बगाएर लगेको तथा केही घरहरु अबिरल बर्षाले गर्दा आफै भत्किएको बाढीपीडित गणेश बहादुर खत्रीले बताए । उनले भने ‘ केही घरहरु बाढीले बगायो भने केही घरहरु पानीले भिजेर आफै भत्केका छन्, मेरो घर पनि आफै भत्किएको हो ।’ माटोले बनेका घरहरु पानीले भिजेर भत्किने गरेका उनको भनाई छ । ‘सिमेन्ट प्रयोग गरेर बलियो घर बनाउन सक्ने हैसियत हुँदैन्’ उनले भने ‘ हामीले बनाउने भनेको माटोका घर हुन्, ती घरहरु पनि पानीले भिज्यो भने भत्किहाल्छन् ।’ घर सहित सबै सामान बगाएपछि अहिले छोरीको घरमा बसिरहेको उनले बताए । नदी तथा खोलाहरुमा अग्लो तटबन्ध लगाईदिएमा केही रुपमा सुरक्षित हुने तुलसीपुर १३ का अर्का बाढीपीडित अम्मरराज कार्कीले बताए । बाढीले आफ्ना तीन वटा घरगोठ बगाउनुका साथै महत्वपुर्ण कागजात, पसलको दर्ता, नागरीकतालगायएका बगाएको उनले बताए । ‘ बाढीले गर्दा बर्षेनी त्रासै त्रासमा बस्नु पथ्र्यो, यो बर्ष घरसंगै महत्वपुर्ण काजताज पनि बगायो ’ उनले भने ‘ सरकारले अग्लो खालको पक्की तटबन्ध बनाई दिएमा केही मात्रामा भएपछि सुरक्षित हुने थियो ।’
बाढीले घर बगाउदा अहिले बाढीपीडितहरु आफ्न्तीको घरमा बस्न बाध्य छन् । तुईखोला आसपासका अधिकांस बाढीपीडितहरु ऐलानी जग्गामा बस्दै आएको भन्दै उनीहरुलाई एकीकृत बस्तिमा बसाल्नु पर्ने सरोकारवाला निकायहरुको पनि भनाई छ । तुलसीपुर १३ मा पर्ने नदी तथा खोला आसपासका बासिन्दालाई दिर्घकालिन रुपमा सुरक्षित ठाउमा बसाल्न पहल थाल्ने वडा अध्यक्ष डम्बर बहादुर न्यौपानेले बताए । नदी तथा खोलामा १७ मिटर लम्बाईको तडबन्ध निर्माण हुने हो भने सम्भाबित क्षति न्युनिकरण गर्न सकिने उनको भनाई थियो । साथै जिल्ला बन, उपमहानगर पालिकालगायतका संघसंस्थाहरुसंग समन्वय गरी नदि तथा खोला आसपासमा ऐलानी जग्गामा बस्दै आएका नागरीकलाई सुरक्षित ठाउमा बसोबास गर्ने व्यबस्था मिलाउने हो भने मानबिय तथा भौतिक क्षति न्युनिकरवण गर्न सकिने अध्यक्ष न्यौपानेको भनाई थियो ।
२०७१ सालमा आएको बाढीले दाङमा मानबिय क्षति हुँनुका साथै अरबौंको क्षति भएको थियो । यस बर्ष पनि त्यो भन्दा ठुलो बाढी दाङका नदि तथा खोलाहरुमा आयो । तर पहिले देखी नै उच्च सर्तकता अपनाईएका कारण ०७१ साल जस्तो मानबिय क्षति हुन नपाएपनि भौतिक क्षति भने अरबौको भएको छ ।
साउन २७ शुक्रबार राती देखी लगातार तीन दिन सम्म परेको अबिरल बर्षाले गर्दा दाङमा ६ जनाको मृत्यु भएको थियो भने करिब डेढ सय घरमा पुर्ण रुपमा क्षति भएको थियो भने पाँच सय घरपरिवार प्रभाबित भएका थिए । खेती योग्य जमिन, मकै, धान बालिमा क्षति पु¥याएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्