पेशागत महासघं दाङको अधिबेशन हुने



सैघाली खबर,
दाङ,४ भदौ।
पेशागत महासघं दाङको अधिबेशन भदौको २४ गते हुने भएको छ। पेशागत महासघं दाङ जिल्ला सम्वन्य समितीको बैठकले महासघंको अधिबेशन गर्ने निर्णय गरेको हो।

जिल्ला अध्यक्ष सानुनारायण अधिकारीको अध्यक्षतामा बसेको बैठकले भदौको २४ गते हुने अधिबेशनका लागी बिभिन्न समीती गठन गरेको छ।जसमा जिल्ला सचिब शेरबहादुर के सीको सयोजकत्वमा कमल वलीर कुल बहादुर बस्नेत सदस्य रहेको प्रचार प्रसार समिती गठन गरेको छ।

यस्तै कोषाध्यक्ष शुरेसकुमार शर्माको संयोजकत्वमा गगांराम भटट्राइ र कुश अधिकारी सदस्य रहेको आर्थीक समिती पनि गठन गरीएको छ। अधिबेशनको तयारीका लागी उपाध्यक्ष पदम न्यौपानेको संयोनकत्वमा बिमला पौडेल र जितबहादुर खत्री सदस्य रहेको अतिथी सत्कार समिती गठन गरीएको छ।

बैठकमा नेकपा एमाले दाङ जिल्ला कमितीका सचिवालय सदस्य तथा स्वागत फाट इन्र्चाज शरद आन्सारी,पेशागत महासघंदाङका सल्लहकार नारायण अधिकारी ,पारा भेटनरी सघंका अध्यक्ष खिमशहादुर बस्नेत लगाएतकाले बोल्नु भएको थियो।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्